After SEE Portal

प्राविधिक एस.एल.सी. तहको मौका परीक्षासम्बन्धी सूचना​ : सी टी ई भी टी

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुरको प्राविधिक एस.एल.सी. तहको मौका परीक्षासम्बन्धी अत्यन्त जरुरी सूचना

(सचना प्रकाशित मिति: २०७६/०७२१) 

यस परिषद्बाट सम्बन्धन/स्वीकृत प्राप्त गरी परिषद्को आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) तथा निजी स्तरमा प्राविधिक एस.एल.सी. तहको विभिन्न कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाहरूबाट पाठ्यक्रमले निर्धारण गरेको अवधिभित्र प्रशिक्षण पूरा गरी शैक्षिक शत्र २०७१/०७२ सम्म रजिष्ट्रेशन भएकामध्ये अनुत्तिर्ण प्रशिक्षार्थीहरूको २०७६ पौष/माघ महिनामा काठमाडौँमा सञ्चालन हुने मौका परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराइ यही मिति २०७६ मंसिर ०५ गतेभित्र नियमित शुल्क (प्रति आवेदन फारामवापत (एक विषयको लागि) रु.२००/- (दुई सय) र प्रति थप विषय रु.१५०।- (एक सय पचास) तथा विलम्ब शुल्क परीक्षासम्बन्धी विनियमावली २०७१ मा उल्लेख भएबमोजिम नियमित शुल्कको दोब्बर दस्तुरसहित २०७६ मंसिर १२ गतेभित्र तपसिलमा उल्लेखित सर्तको परिधिभित्र रही परिषद्अन्तर्गतका प्रदेश कार्यालयहरूमा तोकिएको बैंक खातामा रकम जम्मा गरेको भौचरसहित परीक्षा फाराम बुझाउन हुन सम्बन्धित शिक्षण संस्था एवं प्रशिक्षार्थीहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिलका सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरूलाई परीक्षामा सम्मिलित गराइने छैन । 

परीक्षा सञ्चालन हुने विषय तथा समूहः मौका परीक्षा (अन्तिम एक पटकको लागि) - TU पाठ्यक्रमअन्तर्गत सञ्चालित CMA तथा CMA र ANM २ वर्षे कार्यक्रमबाहेक शैक्षिक सत्र २०७१/०७२ सम्ममा भर्ना भई अनुत्तिर्ण रहेका प्रशिक्षार्थीहरूबाट फाराम भराई अनुत्तिर्ण रहेको विषय खुल्ने प्रमाणसहित अन्तिम एक पटकको लागि मौका परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरी बुझाउन हुन सम्बन्धित संस्थाहरूलाई जानकारी गराइन्छ । - प्रमाण नपुगेका प्रशिक्षार्थीहरूको आवेदन फाराम स्वीकृत गरिने छैन । 

शर्तहरूः 

१. परीक्षा आवेदन फाराममा उल्लेखित विवरणका साथ रजिष्ट्रेशन नम्बर अनिवार्य रूपमा भरिएको हुनुपर्नेछ । 

२. समष्टिगत फाराममा उल्लेखित सबै विवरण भरी अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ। 

३. प्रशिक्षार्थीहरूले सम्बन्धित शिक्षण संस्थामार्फत् तोकेको मितिभित्र आवेदन फाराम बुझाउनु पर्नेछ । साथै कुनै शिक्षण संस्था बन्द गरिएको भए उक्त शिक्षण संस्थाले अख्तियार गरेको शिक्षण संस्थामार्फत् परीक्षा आवेदन फाराम बुझाउनु पर्नेछ । 

४. शिक्षण संस्थाहरूबाट विषयगत छुट्टाछुट्टै फाइल खडा गरी छुट्टाछुट्टै रकम बुझाएको रसिद संलग्न गरी परिषद्, परीक्षा नियन्त्रण कार्यालय अन्तर्गतका सम्बन्धित प्रदेश कार्यालयहरूमा परीक्षा फाराम दर्ता गर्नु पर्नेछ।

५. परीक्षा आवेदन फारामका साथ हालसालै खिचिएको दुईप्रति पासपोर्ट साइजको फोटो समावेश गर्नु पर्नेछ ।

६. प.नि.का ले सञ्चालन गरेको अघिल्लो परीक्षाहरूबाट प्राप्त सम्पूर्ण लब्धाङ्क पत्रको प्रतिलिपी परीक्षा फारामसाथ अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ । 

७. प्रवेश पत्र सम्बन्धित शिक्षण संस्थाले परीक्षा सुरु हुने एक हप्ता अगाडिसम्ममा सम्बन्धित प्रदेश कार्यालयहरूवाट बुझेर लैजानु पर्नेछ । प्रवेश पत्रबिना परीक्षामा समावेश गराइने छैन । 

८. प्रयोगात्मक परीक्षा सम्वन्धित शिक्षण संस्थामा नै सञ्चालन हुने भएकोले सोको परीक्षा तालिका सम्बन्धित प्रदेश कार्यालयवाट अनुमोदन गराई सञ्चालन गर्नुपर्ने छ।

९. उल्लेखित सर्त पूरा नभएका र तोकिएको समयपछि प्राप्त परीक्षा अवेदन फारामउपर कुनै कार्यवाही गरिने छैन ।

नोट : उल्लेखित सूचना CTEVT को वेबसाइट www.ctevt.org.np मा पनि हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रक

Thuprai - Books and E-books