After SEE Portal

स्नातकोत्तर तहमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई शोधपत्र लेखनको छात्रवृत्तिसम्बन्धी सूचना

Bridge Course

प्रेस काउन्सिल नेपाल

मिडिया विकास कोष

शोधपत्र लेखनको छात्रवृत्तिसम्बन्धी सूचना

प्रकाशित मिति : २०७६।०९।२५

प्रेस काउन्सिल नेपाल अन्तर्गत रहेको मिडिया विकास कोषले पत्रकारिता विषय लिई स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई पत्रकारितासम्बन्धी कुनै विषयमा शोधपत्र (Thesis) लेख्नका लागि प्रतिव्यक्ति रु.२५ हजारको दरले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बढीमा ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने हुँदा उल्लेखित विषयमा शोधपत्र लेख्न इच्छुक स्नातकोत्तर तह तेस्रो सेमेष्टरसम्ममा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण भएका विद्यार्थीहरूले छात्रवृत्ति लागि प्रेस काउन्सिल नेपाल मिडिया विकास कोष, सञ्चारग्राम, तीलगङ्गामा सुचना प्रकाशन भएको मितिले ३५ दिनभित्र निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

निवेदनसाथ संलग्न हुनु पर्ने विवरणहरू :

क) शोधपत्र लेखनका लागि सम्बन्धित विषयमा प्रस्ताव स्वीकृत भएको क्याम्पसको सिफारिस पत्र ।

ख) शोधपत्र लेखनसम्बन्धी कार्य योजना र आवश्यक अनुमानित खर्च विवरण र नेपाली नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने छ।

ग) स्नातकोत्तर तह तेस्रो सेमेष्टरसम्ममा द्वितीय श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्रको प्रतिलिपि ।

घ) पत्रकारिता अध्ययनरत गरिब, जेहेन्दार, दलित, जनजाति, महिला एवं मधेशी विद्यार्थीलाई प्राथमिकता दिइनेछ ।

ड) प्रस्ताव स्वीकृत भएपछि बढीमा दुई वर्षभित्र शोधपत्र (Thesis) सम्पन्न गरी सारसंक्षेप प्रस्तुतीकरणसमेत गरी सक्नुपर्ने छ।

सदस्य सचिव

Tag:शोधपत्र
Thuprai - Books and E-books