शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

नेपाल सरकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि

दरखास्त आह्वान सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७७/०७/२२)

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ११ख अनुसारको शिक्षक सेवा आयोगमा अध्यक्ष र एकजना महिला सहित अन्य दुईजना सदस्यहरु रहने व्यवस्था छ । आयोगका अध्यक्ष लगायत सदस्यहरुको नियुक्ति सोही ऐनको दफा ११ख को उपदफा (३) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले गर्ने व्यवस्था रहेकोछ । सिफारिस समितिद्वारा स्वीकृत कार्यविधि, २०७७ बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरुबीच योग्यताक्रम निर्धारण गरी उच्च अंक प्राप्त गर्ने उम्मेदवार अध्यक्ष तथा सदस्य नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस गरिनेछ । यस प्रयोजनको लागि देहायको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र शिक्षक सेवा आयोगको अध्यक्ष सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिका सहितको अवधारणा पत्र (Concept Paper) तथा पाँच वर्षको व्यावसायिक कार्य योजना (Professional Work Plan) समेत संलग्न गरी सिलबन्दी दरखास्त सिफारिस समितिको सचिवालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समय भित्र पेश गर्न आह्वान गरिन्छ ।

१. योग्यता तथा अनुभव:

शिक्षक सेवा आयोगको अध्यक्ष /सदस्यको पदमा नियुक्तिको लागि देहायका योग्यता पुगेको हुनुपर्नेछ: (क) नेपाली नागरिक, (ख) नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, (ग) नियुक्ति हुनु भन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको, (घ) चालीस वर्ष उमेर पूरा भई पैसट्ठि वर्ष ननाघेको, (ङ) अध्यक्षको लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यको लागि कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा पन्ध्र वर्ष काम गरेको ।

२. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरुः

दरखास्तका साथ देहायका विवरणहरु खुल्ने प्रमाणित कागजातहरु समावेश हुनुपर्नेछः (क) नेपाली नागरिकताको प्रमाणपत्रको छायाँप्रति । (ख) शैक्षिक योग्यता सम्बन्धी स्वयम् प्रमाणित कागजातहरु । (ग) अनुभव खुल्ने कागजातहरु । (घ) दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको स्वयम् घोषणा गरेको घोषणापत्र । (ङ) दरखास्त दस्तुर वापत रु.५०००।- कार्यालय कोड नं ३५०००३५०१,राजस्व खाता नं १४२२४ मा बुझाएको बैक भौचर ।

३. मूल्यांकनका आधारहरुः

प्राप्त रितपूर्वक दरखास्त दिने उम्मेदवारहरुको मूल्यांकनका आधारहरु निम्नानुसार हुनेछः (क) अनुभवका लागि शिक्षा, कानुन र प्रशासनको क्षेत्रमा अधिकृत स्तरमा कार्य गरेको अनुभवको प्रतिवर्ष १ अंकका दरले बढीमा

-- २० अंक (ख) न्यूनतम शैक्षिक योग्यता -प्रथम श्रेणी १०, द्वितीय श्रेणी ८, तृतीय श्रेणी ६ अंक)

- १० अंक (ग) अवधारणा पत्र र व्यावसायिक कार्ययोजना

- ४० अंक (घ) अवधारणा पत्र र व्यावसायिक कार्ययोजनाको प्रस्ततीकरण

- १० अंक (ङ) अन्तरर्वार्ता

- २० अंक

४. समितिले आवश्यक ठानेमा दरखास्त दिने उम्मेदवारहरु मध्येबाट अन्तरर्वार्ताका लागि छनौट गर्न संक्षिप्त छनौट सूची (Short List) गर्न सकिनेछ ।

५. अन्य विवरण

(क) सिफारिस समितिलाई प्राप्त दरखास्तमध्ये रीत नपुगी आएमा त्यस्तो दरखास्त रद्द गर्न तथा अपर्याप्त दरखास्त परेमा समितिले पुनः दरखास्त आव्हान गर्न सक्नेछ ।

(ख) झुट्ठा विवरण वा कागजात पेश गरेमा दरखास्त रद्द हुनका साथै प्रचलित कानून बमोजिम कारवाही हुनेछ । यो सूचना लोक सेवा आयोगको वेवसाइट www.psc.gov.np तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइट www.moest.gov.np मा पनि हेर्न सकिनेछ ।

Thuprai - Books and E-books