After SEE Portal

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा (Special Examination) को लागि आवेदन फाराम खुलेको सम्बन्धी जरूरी सूचना

Bridge Course

(२०७६ आश्विन ६) 

नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालन हुने यस वर्षको दोस्रो विशेष परीक्षा (Special Examination) २०७६ कार्तिक २३ (9th November, 2019) गते, शनिबार सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । उक्त परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले २०७६ आश्विन ७ गतेदेखि कात्तिक ६ (24 September23rd October, 2019) गतेभित्र https://exam.nmc.org.np मा log in गर्नुभई दिइएको निर्देशन (Instruction) बमोजिम Online Form Submission गर्नहुन अनुरोध गरिन्छ | Online बाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षाको आवेदन फाराम बुझाउन पाइने छैन । २०७६ कात्तिक ७ र ८ (24th-25th October, 2019) गते विलम्ब शुल्क बुझाएर आवेदन गर्न सकिनेछ। 

परीक्षा सम्बन्धी थप विस्तृत जानकारीका लागि काउन्सिलमा सम्पर्क राख्नुहन वा काउन्सिलको सूचना पाटी र वेबसाइट https://nmc.org.np/ मा हेर्नहुन सूचित गरिन्छ। 

नोट : अनलाइन आवेदनमा तपाइले भर्नुभएको विवरणकै आधारमा पछि अनलाइन विशेषज्ञ दर्ता प्रमाणपत्र (Registration of Speciality Qualification) Auto Generate हुने हुँदा परीक्षामा सहभागीताको लागि अनलाइन आवेदनमा भर्नुपर्ने विवरण तोकेबमोजिमको स्थानमा सही ढङ्गले भर्नुहोस् र तोकेबमोजिमको प्रमाणपत्र, कागजातहरू अनिवार्य अपलोड गरी submit गर्नुहोस् ।

नेपाल मेडिकल काउन्सिल

परीक्षा समिति 

फोन नं. ४३७१९५४, ४३७७१६४ 

फ्याक्स नं. ४३७२३१८ / https://nmc.org.np