A Levels MA

कक्षा-१० (एसइइ) 20७७ मा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम भर्ने भराउने सम्बन्धी सूचना

नेपाल सरकार

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०

सानोठिमी, भक्तपुर माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) 20७७ मा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम भर्ने भराउने सम्बन्धी सूचना 

२०७६ सालको शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरूले २०७७ सालको नियमित एसइइ परीक्षामा समावेश हुनका लागि तथा खुला तथा अनौपचारिक प्रौढ विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले २०७६ सालको नियमित एसइइ परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेसन फाराम २०७६ असोज ५ गतेदेखि २०७६ कार्तिक मसान्तभित्र भर्ने भराउने कार्यका लागि सम्बन्धित सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय एकाई, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय तथा प्रदेशका शिक्षा विकास निर्देशनालयको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

१. विद्यालयहरूमा हाल कक्षा ९ मा अध्ययनरत साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीहरूका लागि 

(क) हाल कक्षा ९ मा नियमित विद्यार्थीको रूपमा अध्ययनरत साधारण र प्राविधिक धारतर्फ समेतका विद्यार्थीहरूले शैक्षिक सत्र २०७५ वा सोभन्दा पहिले निम्नमाध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा ८) को प्रमाणपत्र (अक्षराक पद्धतिको भए सवै अनिवार्य विषयमा डी प्लस (D+) ल्याएको र जन्मदर्ता प्रमाणपत्रको (प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपि संलग्न गरी विद्यालय पोशाकमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो टाँसी २०७६ असोज ५ गतेदेखि कार्तिक मसान्तभित्रमा राजस्व शुल्क सहित आफू अध्ययनरत विद्यालयमार्फत फाराम भरी सक्नुपर्नेछ । 

(ख) सम्बन्धित विद्यालयहरूले आफ्नो विद्यालयमा नियमित रूपमा अध्ययनरत विद्यार्थीहरूको नामथर, जन्ममिति, आमा बाबुको नाम ठीकसँग भरे नभरेको रूजु गरी पछिसम्म फरक नपर्ने गरी प्रमाणित गरी २०७६ मंसिर ०८ गतेभित्रमा रजिष्ट्रेसन शुल्क बुझाएको बैक भौचर वा नगदी रसिद र अंग्रेजी अल्फाबेटमा फारामको क्रम मिलाई सोही बमोजिमको समष्टिगत फाराममा उल्लेख गरी शिक्षा विकास तथा समन्वय एकाईमा रजिष्ट्रेसन फाराम बुझाइसक्नु पर्नेछ । 

(ग) प्राविधिक धारतर्फका विद्यालयहरुले समेत उल्लेखित मितिभित्र रजिष्ट्रेसन फाराम भराउनु पर्नेछ । फाराम एउटै रहेको छ । रजिष्ट्रेशन फाराम शिक्षा विकास तथा समन्वय एकाईबाट उपलब्ध हुनेछ। 

२. खुला वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि 

(क) दुर शिक्षा/खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका, संशोधन सहित) २०६३ को दफा १५ र १७ अनुसार भर्ना भइ अन्य कुरा निर्देशिकाले तोकेको सबै शर्तहरु पूरा गरेको सिफारिससहित सम्बन्धित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउँमा टाँसी फाराम भर्नुपर्नेछ र २०७६ कार्तिक मसान्तभित्र सम्बन्धित विद्यालयमा बुझाइ सक्नुपर्नेछ । खुला वैकल्पिक तर्फका विद्यार्थीहरुले निर्देशिका बमोजिम कक्षा ८ वा सो सरहको परीक्षा उत्तीर्ण गरी दुई वर्ष पुगेको शैक्षिक सत्र २०७३ वा सोभन्दा पहिले) निम्नमाध्यमिक शिक्षा परीक्षा (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्र (प्रमाणपत्र जारी गर्ने निकायबाट यो सूचना प्रकाशित भए पछि भेरिफिकेशन गरिएको) र जन्मदर्ता (निर्देशिका बमोजिम भर्ना भएको वर्षको चैत्र मसान्तभित्र १६ वर्ष पूग्ने उमेरको) प्रमाणपत्रको प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपि संलग्न गरी पेस गर्नुपर्ने छ । 

(ख) अनौपचारिक प्रौढ विद्यालय वा खुला वैकल्पिक विद्यालयको वारेमा एकाईहरुले विद्यालयको अनुमति पत्र लगायत अन्य कागजात हेरी निर्देशिका बमोजिमको विद्यार्थी एकीन गर्नुपर्नेछ । अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले प्रौढहरुका लागि सञ्चालित अनौपचारिक विद्यालय सञ्चालन निर्देशिका २०६५ ले तोकेको सबै शर्तहरु पूरा गरेको सिफारिससहित सम्बन्धित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउँमा टाँसी फाराम भर्नुपर्नेछ र २०७६ कार्तिक मसान्तभित्र तोकिएको राजस्व दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाइ सक्नुपर्ने छ।

 (ग) खुला तथा वैकल्पिक विद्यालय र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीहरुले रजिष्ट्रेसन र आवेदन फाराम दुवै भर्नुपर्नेछ ।

३ .यो फाराम साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीहरुले एसइइ परीक्षा २०७७ मा र खुला, बैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयतर्फका विद्यार्थीहरुले २०७६ सालको एसइइ परीक्षामा समावेश हुनका लागि आफ्नो नाम दर्ता गर्ने प्रयोजनका लागि भरिने भएकाले यो फाराम नभर्ने विद्यार्थीहरूले उक्त सालको एसइइ परीक्षामा सामेल हुन पाउने छैनन् । 

४. फाराम भर्ने विद्यार्थीहरू २०७७ सालको एसइइ परीक्षामा सम्मिलित हुँदा शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम ७८(६) बमोजिमको उमेर (२०६३ साल चैत्र मसान्तसम्मको जन्ममिति भएको पुगेको हुनुपर्नेछ । रजिष्ट्रेसन शुल्क प्रति विद्यार्थी रू.३००।- (राजश्व शीर्षक नं.१४२२३) तोकिएको छ साथै सबै शिक्षा विकास तथा समन्वय एकाईहरूले फारामसाथ विद्यालयमार्फत प्राप्त रजिष्ट्रेसन शुल्क २०७६ मंसिर १५ गतेभित्र बैङ्क दाखिला गरिसक्नुपर्ने छ । उक्त परीक्षा दस्तुर राजस्व खाता नं. १४२२३ मा दाखिला गर्नुपर्ने छ। 

६. बिलम्ब शुल्क तिरी फाराम भर्ने भराउने व्यवस्था नगरिएको हुँदा उक्त म्यादभित्र फाराम भरी भराइ सक्नुपर्नेछ।

७. विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्दा आफू नियमित रूपमा अध्ययन गरिरहेको विद्यालयबाट मात्र भर्नुपर्ने छ । एक भन्दा बढी विद्यालय/जिल्ला/स्थानबाट भरेको पाइएमा दुवैतर्फको फाराम स्वतः रद्द हुनेछन् । दोहोरो रजिष्ट्रेशन भर्ने भराउने कार्य नगर्नु नगराउनुहुन र सो कार्य अटेर गरी गरेमा पछि परीक्षा रद्द हुने छ र सो कार्यमा संलग्नलाई कार्वाही गरिनेछ। 

८ शिक्षा विकास तथा समन्वय एकाईहरूले गतवर्ष २०७५ मा कक्षा ९ मा रजिष्ट्रेसन फाराम भरी बुझाएका आफ्नो जिल्लाभित्रका विद्यालयहरूबाट प्राप्त विद्यार्थीहरुको रजिष्ट्रेसन नम्बर र नाम, थर, जन्ममिति लगायतका सम्पूर्ण विवरणहरु राष्ट्रिय परीक्षा बोर्ड बाट उपलब्ध गराइएको Software मा कम्प्युटर Entry गरी सम्बन्धित विद्यालयबाट विवरणहरु रुजु गराई Electronic Copy २०७६ मंसिर १५ गते भित्र राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पठाइसक्नुपर्ने छ। 

९. यस सम्बन्धी सूचना एवम् अन्य जानकारीका लागि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को फोनं.०१-६६३०८१९ मा सम्पर्क गरेर वा Website www.see.gov.np हेरेर प्राप्त गर्न सकिनेछ।

नियन्त्रक

Thuprai - Books and E-books