After SEE Portal

एसइइ २०७६ मा समावेश हुनका लागि आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०

सानोठिमी, भक्तपुर माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) २०७६ मा समावेश हुनका लागि आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना 

२०७६ सालको एसइइ परीक्षामा सामावेश हुनका लागि शैक्षिक सत्र २०७६ सालमा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेत) २०७६ असोज ५ गतेदेखि २०७६ कार्तिक मसान्तभित्र आवेदन फाराम भर्ने भराउने कार्यका लागि सम्बन्धित सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय एकाई, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय तथा प्रदेश शिक्षा विकास निर्देशनालयको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि हाल कक्षा १० मा नियमित विद्यार्थीको रूपमा अध्ययनरत विदयार्थीहरूले : 

(क) रजिष्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि 

(ख) शैक्षिक सत्र २०७४ वा सोभन्दा पहिले निम्नमाध्यमिक शिक्षा परीक्षा (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि 

(ग) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) संलग्न गरी विद्यालय पोशाकमा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउँमा टाँसी आवेदन फाराम भरी २०७६ कार्तिक मसान्तभित्र सम्बन्धित विद्यालयमा बुझाइ सक्नुपर्ने छ। 

खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि 

(क) दुर शिक्षा/खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका, (संशोधन सहित) २०६३ को दफा १५ र १७ अनुसार भर्ना भइ निर्देशिकाले तोकेको सबै शर्तहरु पूरा गरेको सिफारिससहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो निर्दिष्ट ठाउँमा टाँसी फाराम भरी २०७४ कार्तिक मसान्तभित्र सम्बन्धित विद्यालयमा बुझाइ सक्नुपर्ने छ । खुला वैकल्पिक तर्फका विद्यार्थीहरुले निर्देशिका बमोजिम कक्षा ८ वा सो सरहको परीक्षा उत्तीर्ण गरी दुई वर्ष पुगेको शैक्षिक सत्र २०७३ वा सोभन्दा पहिले निम्नमाध्यमिक शिक्षा परीक्षा (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्र (प्रमाणपत्र जारी गर्ने निकायबाट यो सूचना प्रकाशित भए पछि भेरिफिकेशन गरिएको) र जन्मदर्ता (निर्देशिका बमोजिम भर्ना भएको वर्षको चैत्र मसान्तभित्र १६ वर्ष पुग्ने उमेरको) प्रमाणपत्रको प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपि संलग्न गरी पेस गर्नुपर्ने छ । अनौपचारिक प्रौढ विद्यालय वा खुला वैकल्पिक विद्यालयको बारेमा एकाईहरुले विद्यालयको अनुमति पत्र लगायत अन्य कागजात हेरी निर्देशिका बमोजिमको विद्यार्थी एकीन गर्नुपर्नेछ। 

अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रौढहरूका लागि सञ्चालित अनौपचारिक विद्यालय सञ्चालन निर्देशिका २०६५ ले तोकेको सबै सर्तहरू पूरा गरेको सिफारिससहित सम्बन्धित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात संलग्न गरी पासपोर्ट साइजको दुईप्रति फोटो निर्दिष्ट ठाउँमा टाँसी फाराम भरी २०७६ कार्तिक मसान्तभित्र सम्बन्धित विद्यालयमा बुझाइ सक्नुपर्ने छ। विद्यालयहरुले उल्लेखित बुंदा नं. १ र २ अनुसार आवेदन फाराम भर्ने विद्यार्थीहरूको नाम, थर, जन्ममिति र परीक्षा दिने विषयहरू ठीकसँग भरे नभरेको रूजु गरी पछिसम्म फरक नपर्ने गरी प्रमाणित गरी अंग्रेजी अल्फावेटको क्रममा फारामहरु राखी समष्टिगत र फारामको क्रम मिले नमिलेको जाँच गरी २०७६ मंसिर ८ गते भित्रमा उक्त फाराम शिक्षा विकास तथा समन्वय एकाईमा बुझाइ सक्नुपर्ने छ। शिक्षा विकास तथा समन्वय एकाईहरुले प्राप्त आवेदन फारामबाट कम्प्युटर Entry गरी Electronic copy मिति २०७६ पुष ११ गतेसम्ममा राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा १०मा आइपुग्ने गरी पठाइ सक्नुपर्ने छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस वर्षदेखि कम्प्युटरबाट अल्फावेटसहित आठ अंकको सिम्बोल नम्बर उपलब्ध गराउने छ । सिम्बोल नम्बर प्राप्त गर्नु भन्दा पहिला अनिवार्य रुपमा परीक्षा केन्द्र कायम गरेको हुनु पर्नेछ ।

परीक्षा केन्द्र निर्धारण भइ नपठाएसम्म विद्यार्थीहरुको सिम्बोल नम्बर उपलब्ध गराउन नसकिने हुँदा शिक्षा विकास तथा समन्वय एकाइहरुले २०७६ पौष मसान्त भित्र अनिवार्यरुपमा परीक्षा केन्द्र निर्धारण गरि पनिका पठाउनु पर्नेछ । सम्भव भए सम्म गतवर्ष कायम गरिएको परीक्षा केन्द्रहरु नबढ्ने गरी परीक्षा केन्द्र कायम गर्नुपर्नेछ । केन्द्र निर्धारण गर्दा निर्णयमा नै विद्यालयहरुको नाम र कोड नम्बर तथा समूह अनिवार्य उल्लेख गरी गर्नुहोला। स्वीकृत फारामको अभिलेख प्रति (Office Copy) राष्ट्रिय परीक्षा बोर्डले माग गरेको बेला प्रस्तुत गर्ने गरी सुरक्षित राख्ने र प्रवेशपत्र (Student Copy) को भाग शिक्षा विकास तथा समन्वय एकाईले पनिकाबाट प्राप्त सिम्बोल नम्बर कायम गरी सम्बन्धित विद्यार्थीले परीक्षाको समयमा प्राप्त गर्ने गरी विद्यालय मार्फत वितरण गर्ने व्यवस्था मिलाउने । २०७६ सालका एसइइ परीक्षाका लागि आवेदन फाराम भर्ने साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीको उमेर शिक्षा नियमावली २०५९ (संशोधन सहित)को नियम ७८ (६) बमोजिम चैत मसान्तसम्ममा १४ वर्ष पूरा (२०६२ चैत्र मसान्तसम्मको जन्ममिति भएको हुनुपर्नेछ । 

खुला विद्यालयबाट आवेदन भर्नेका हकमा दुर शिक्षा/खुला सिकाई कार्यक्रम सञ्चालन निर्देशिका, (संशोधन सहित) २०६३ को दफा १७ क) बमोजिम भर्ना भएको वर्षको चैत्र मसान्तभित्र १६ वर्ष पूग्ने उमेरको (२०६० चैत्र मसान्तसम्मको हुनुपर्नेछ । आवेदन फाराम भर्ने विद्यार्थीले आफू नियमित रूपमा अध्ययन गरेको विद्यालयबाट मात्र आवेदन फाराम भर्नुपर्नेछ । एकभन्दा बढी विद्यालय वा स्थानबाट फाराम भरेको पाइएमा त्यस्ता दुबैतर्फका फारामहरु रद्द गरिनेछन् । कक्षा १० मा नयाँ भर्ना भएका विद्यार्थीहरूका हकमा शिक्षा नियमावली २०५९ (संशोधन सहित) को दफा ८० (२) को प्रावधान पूरा गरेको हुनुपर्नेछ। शिक्षा विकास तथा समन्वय एकाईले शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ८० (२) को प्रावधान अनुसार रजिष्ट्रेशन भरेको विद्यालय भन्दा फरक विद्यालयबाट फाराम भर्नुपर्दा दिएको भर्ना अनुमति पत्रको विवरण यसै फाराममा संलग्न गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउनुपर्नेछ । 

१०. तोकिएको समयभित्र आवेदन फाराम नभर्ने विद्यार्थीहरूले एसइइ परीक्षा २०७६ मा सामेल हुन पाउने छैनन् । 

११. परीक्षा आवेदन शुल्क र अन्य विवरणहरुका सम्बन्धमा देहाय अनुसार गर्ने गराउने :क) परीक्षा दिन योग्य भएका परीक्षार्थीहरुको प्रयोगात्मक अंक तालिका (शिवितसईबाट प्रवेशपत्र लिई प्रवेशपत्रको सिम्बोल नम्बर अनुसार प्रयोगात्मक अंक चढाउने राजश्व जम्मा गर्ने मितिमा तयार पारी शिक्षा विकास तथा समन्वय एकाईमा बुझाउने । परीक्षाको अघिल्लो दिन परीक्षार्थीहरुको हातमा प्रवेशपत्र पुर्याउने जिम्मेवारी सम्बन्धित विद्यालयको रहनेछ। ख) परीक्षा दिन अयोग्य ठहर भएका परीक्षार्थीहरुको सक्कलै प्रवेशपत्र सहितको विवरण समेत तयार गरी सम्बन्धित एकाईमा बुझाउने। ग) परीक्षा आवेदन शुल्क बापत लाग्ने राजस्व (राजश्व शीर्षक नं.१४२२३) दस्तुर रू.५००।-(पाँचसय मात्र) प्रति विद्यार्थीका दरले हुने रकम २०७६ फाल्गुण ८ गते भित्र बैंक दाखिला गरी राजश्व भौचर र अन्य विवरणहरु सहितका कागजातहरु समेत राखी एकाईमा बुझाईसक्नुपर्ने छ । डबल दस्तुरको व्यवस्था गरिएको छैन । 

विद्यालयले प्रयोगात्मक अंक तालिका, अयोग्य विवरण र राजश्व जम्मा गरेको भौचर सहितका कागजात २०७६ फाल्गुण १६ गते भित्र शिक्षा विकास तथा समन्वय एकाईमा बुझाउने र एकाईले २०७६ फाल्गुण २० गते भित्र राजश्व र अयोग्य विद्यार्थीहरुको विवरण पनिकामा अनिवार्य आइपुग्ने गरी पठाउनु पर्नेछ । राजस्वको विवरण पठाउँदा विद्यालय कोडको क्रममा विद्यालयगत विद्यार्थी संख्या र विद्यालयले बुझाएको राजस्व रकम स्पष्ट खुल्ने गरी पठाउनुपर्ने छ। |

१२. खुला वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयहरुले रजिष्ट्रेशन र आवेदन संगै भर्नुपर्नेछ ।

१३. ग्रेडवृद्धि परीक्षाको लागि पछि छटै सूचना प्रकाशित गरिने छ। यससम्बन्धी सूचना एवम् जानकारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को फोनं.०१-६६३०८१९ मा सम्पर्क गरेर वा Website www.see.gov.np हेरेर प्राप्त गर्न सकिनेछ। नोट : सम्बन्धित सबैलाई समयको सीमालाई मध्य नजर गरी यथासमयमा काम सक्ने गरी आवश्यक सरसहयोग गर्नु हुन अनुरोध छ ।

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books