Bachelors Portal

शिक्षा मन्त्रालयले पछिल्लो समय सञ्चालन गरेका विद्यालय सम्बन्धी गतिविधि

Managed Admission 2022

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय सम्बन्धी कोभिड १९ को महामारीका कारणले विद्यालयबाट स्थानान्तरण हुनुपरेका विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्ता विद्यार्थीलाई स्थानान्तरण गर्ने व्यवस्था गरी शिक्षा विकास तथा समन्वय इकाइलाई जानकारी गराउने तथा सोही बमोजिम विद्यार्थीहरूको परीक्षा सञ्चालन र व्यवस्थापनको कार्य विद्यालयले गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड १९ को महामारीका कारण शैक्षिक सत्र २०७७ को विद्यालय तहको पठनपाठन आगामी २०७८ वैशाख मसान्तसम्म गरी जेष्ठ मसान्तभित्र सबै तहका परीक्षा सम्पन्न गर्नेगरी शैक्षिक सत्र तोकिएकाले सोही अनुसार गर्न गराउन सरोकारवालालाई कन्द्रले निर्देशन दिएको छ ।

कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका निजी विद्यालयहरूले कम्पनी अन्तर्गत नै कक्षा तह वृद्धि गर्न माग गरेकाले सो सम्बन्धमा निर्देशन पाउँ भनी मण्डनदेउपुर नगरपालिकाबाट लेखी आएको सन्दर्भमा कम्पनीका रूपमा सञ्चालित विद्यालयहरूलाई शिक्षा नियमावली २०५९ अनुसार तोकिएका सर्तहरू पूरा गरेको अवस्थामा (प्राविधिक तथा व्यावसायिक शिक्षा बाहेक) यथावत् रूपमा कक्षा तह वृद्धि गर्न अनुमति दिन सकिने निर्णय मन्त्री परिषद्ले गरेको छ ।

नमुना विद्यालय विकासका रूपमा आव २०७४ ०७५ सम्ममा छनोट भएका २२२ वटा विद्यालयहरूले नमुना विद्यालयको शैक्षिक र तथा प्राविधिक गुरुयोजना स्थानीय तहबाट स्वीकृत गराई यस केन्द्रमा पेस गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालयहरूबाट पेस हुन नआएकाले उक्त विद्यालयहरूलाई नमुना विद्यालय विकासका लागि विद्यालय सुधार गुरुयोजना तयार गरी सम्बन्धित इकाइ र स्थानीय तहबाट स्वीकृत गराई यस केन्द्रमा पेस गर्न केन्द्रले निर्देशन दिएको छ ।

विस्तृतमा हेर्नुहोस्ः

Tag:पाठ्यक्रम प्रारुप