After SEE Portal

चीनको सिंगुआ विश्वविद्यालयमा छात्रवृत्ति आवेदन माग

Bridge Course

चीनको सिंगुआ विश्वविद्यालयले इन्टरनेसनल मास्टर अफ पब्लिक हेल्थ प्रोग्रामका लागि नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । अध्ययनका लागि इच्छुक नेपाली विद्यार्थीले आगामी मार्चको अन्तिम सम्ममा आवेदन दिनु पर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रावृत्ति शाखाले जानकारी दियो । शाखाका अनुसार माग भएको तह तथा विषयमा अध्ययन गर्न इच्छुक उम्मेदवारहरूले प्रक्रिय पूरा गरी सम्बन्धित संस्थाको तोकिएको माध्यमबाट आवेदन दिनका लागि मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले इच्छुक विद्यार्थीले http://gradadmission.tsinghua.edu.cn/f/loginमा आबेदन र थप जानकारीको लागि https://www.tsinghua.edu.cn/ वेबसाइट हेर्नका लागि  सूचित गरेको छ ।

 

 

Tag:सिंगुआ विश्वविद्यालय
Thuprai - Books and E-books