After SEE Portal

सैनिक आवासीय महाविद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना आवेदन माग

Bridge Course

आगामी शैक्षिक सत्र २०८१ मा सैनिक आवासीय महाविद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना आवेदन माग गरेको छ ।

महाविद्यालयले भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन र बर्दिबासका लागि कक्षा ६, बुटवलका लागि कक्षा ६, ७ र ८ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका लागि कक्षा १ र ३ (छात्रा मात्र) तथा रिपुमर्दिनी सैनिक महाविद्यालयका लागि कक्षा १ मा एवं श्वेततारा मण्टेश्वरी सैनिक विद्यालयका लागि पूर्व प्राथमिक तहमा  भर्नाका लागि आवेदन माग गरेको छ ।

अनुशासित वातावरणमा पूर्ण अङ्ग्रेजी माध्यमबाट अध्ययन–अध्यापन गराउन इच्छुक नेपाली सेनाका सकल दर्जा (बहालवाला तथा भू।पू। सैनिक) तथा गैरसैनिक व्यक्तिका छोरारछोरीहरूको भर्नाका लागि नियमानुसार दरखास्त आह्वान गरेको छ ।

(क) नेपाल सरकारको मान्यता प्राप्त विद्यालयबाट २०५० सालमा कक्षा ८ का लागि कक्षा ७ को कक्षा ७ का लागि कक्षा ६ को कक्षा ६ का लागि कक्षा ५ को, कक्षा ३ का लागि कक्षा २ को र कक्षा १ का लागि UKG/SKG को वार्षिक / अर्धवार्षिक / दोस्रो त्रैमासिक परीक्षामा एग्रिगेटमा कम्तीमा ५०% अङ्क (न्यूनतम C+ ग्रेड वा GPA 2.4) प्राप्त गरी सबै विषयहरूमा उत्तीर्ण भएको हुनुपर्नेछ ।

(ख) उमेरको हकमा २०८१ साल वैशाख १ गतेलाई आधार मानी कक्षा ८ का लागि १४ वर्ष ननाघेको, कक्षा ७ का लागि १३ वर्ष ननाघेको, कक्षा ६ का लागि १२ वर्ष ननाघेको कक्षा ३ का लागि ७ वर्ष पूरा भई ९ वर्ष ननाघेको र कक्षा १ को हकमा ५ वर्ष पूरा भई ७ वर्ष ननाघेको हुनुपर्नेछ । (ग) भर्ना हुनका लागि महाविद्यालयद्वारा सञ्चालन गरिने लिखित प्रवेश परीक्षा उत्तीर्ण भई योग्यता क्रम अनुसार दोस्रो चरणका लागि छनोट हुनुपर्ने र अन्तर्वार्ता एवं साधारण स्वास्थ्य परीक्षणमा समेत उत्तीर्ण हुनुपर्नेछ ।

पेस गर्ने कागजातहरू

(क) कक्षा ८ का लागि कक्षा ७ को कक्षा ७ का लागि कक्षा ६ को, कक्षा ६ का लागि कक्षा ५ को, कक्षा ३ का लागि कक्षा २ को र कक्षा १ का लागि UKG/SKG को २०८० सालको वार्षिक / अर्धवार्षिक / दोस्रो त्रैमासिक परीक्षाको लब्धाङ्क पत्रको प्रमाणित प्रतिलिपि-१

(ख) विद्यार्थीको उमेर समेत उल्लेख भएको चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि - १

(ग) स्थानीय पञ्जिकाधिकारीबाट प्रमाणित जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि - २

(घ) हालसालै खिचिएको तस्बिर - २ प्रति (पासपोर्ट साइज - १ र अटो साइज - १)

(ङ) बहालवाला सैनिकका छोरा/छोरीको हकमा सम्बन्धित युनिटका पतिद्वारा प्रमाणित सन्तानको जन्ममिति खुलेको सिफारिसको सक्कल पत्र - १ वा भू.पू. सैनिकका छोरा/छोरीको हकमा पेन्सनपट्टाको प्रतिलिपि - १

अन्तिम प्रवेश परीक्षाबाट उत्तीर्ण भई भर्नाका लागि छनोट भएका उम्मेदवारहरूले भर्ना हुनुपूर्व सम्बन्धित कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रहरू (स्थानान्तरण प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र र लब्धाङ्क पत्र) अनिवार्य रूपमा महाविद्यालयको परीक्षा शास्त्रामा पेस गर्नुपर्नेछ ।

• सैनिक सकल दर्जा तथा महाविद्यालय स्टाफ कोटातर्फ एक दम्पती एक सन्तति एक तहको नीति कायम भएकोले कुनै हिताधिकारीको एक जना सन्ततिले एक तहमा दर्जागत सहुलियतमा अध्ययन गरे पश्चात् सोही तहमा दोस्रो सन्तानलाई सहुलियत प्रदान गरिनेछैन तर गैरसैनिक (खुला समूह) सरह पूर्ण शुल्क तिर्ने गरी अध्ययन गर्न चाहेमा भने मौका प्रदान गर्न सकिनेछ ।

नेपाली सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका, नियममा सुविधा पाउने भनी उल्लेख भएका र फरक क्षमता भएका सैनिक सकल दर्जाका छोराछोरीहरूलाई समेत नियमानुसार अध्यापन गराउने व्यवस्था मिलाइएको हुँदा भर्ना हुन इच्छुक हुनेले पनि फाराम दर्ता गर्न सक्नेछन् ।

१. विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा १ (सैनिक कोटातर्फ) तथा कक्षा ३ (गैरसैनिक कोटातर्फ) का हकमा तल उल्लिखित परीक्षा कार्यक्रम अनुसार नै नयाँ छात्राहरू भर्ना लिने व्यवस्था मिलाइएको हुँदा अध्ययन गर्न इच्छुक उम्मेदवारले विस्तृत जानकारीका लागि सम्बन्धित महाविद्यालयमा सम्पर्क राख्न सक्नेछन् ।

२. रिपुमर्दिनी सैनिक महाविद्यालयमा कक्षा १ (सैनिक तथा गैरसैनिक कोटातर्फ) मा तल उल्लिखित परीक्षा कार्यक्रम अनुसार नयाँ छात्र-छात्राहरू भर्ना लिने व्यवस्था मिलाइएको हुँदा अध्ययन गर्न इच्छुक उम्मेदवारले पनि विस्तृत जानकारीका लागि सम्बन्धित महाविद्यालयमा सम्पर्क राख्न सक्नेछन् । ३. सैनिक आवासीय महाविद्यालय, बर्दिबास, महोत्तरीमा कक्षा ६ (गैरसैनिक कोटातर्फ) मा मधेश प्रदेशका आर्थिक अवस्था कमजोर भएका जेहनदार विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था भएकोले अध्ययन गर्न इच्छुक उम्मेदवारले विस्तृत जानकारीका लागि सम्बन्धित महाविद्यालयमा सम्पर्क राख्न सक्नेछन् ।

४. श्वेततारा मण्टेश्वरी सैनिक विद्यालय, छाउनीका लागि Play Group and Nursery मा निर्धारित सङ्ख्यामा भर्ना लिइनेछ ।

 

Thuprai - Books and E-books