After SEE Portal

प्रस्ताव पेश गर्ने सम्बन्धमा: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)

Bridge Course

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)

“सम्बद्धिका लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत नवप्रवर्तन सहित प्रविधिको अनुसन्धान र विकास

प्रस्ताव आह्वान 

(सूचना प्रकाशित मिति २०७६/१०/१०)

परिचयः

नेपाल विज्ञान तथा प्रज्ञा-प्रतिष्ठान (नास्ट) को प्रविधि संकायले आ.ब. २०७६/७७ का लागि नेपालको सम्बृद्धिको लागि आवश्यक पर्ने नविनतम प्रविधि विकास गर्न वा विद्यमान प्रविधिहरुलाई सुधार गर्न प्रतिभाशाली नेपाली नागरिकहरुको पहिचान गरि उनिहरुका नविनता सहितको प्रविधि विकास गर्ने कार्यक्रम रहेको हुँदा सो प्रयोजनका लागि उत्साहि नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूले गर्न चाहेको परियोजनाको प्रस्ताव सहितको निवेदन तल उल्लेखित ठेगनामा पठाई प्रतिष्ठानको कार्यालयमा दर्ता गराउन हुन आह्वान गरिन्छ।

उक्त प्रस्ताव अधिकतम १० पृष्ठ सम्मको हनुपर्नेछ । उक्त प्रस्ताव नाष्टको होम पेजमा । दिइएको ढाँचा अनुसार हुनु पर्नेछ । साथै उक्त प्रस्तावहरु आम नेपालीहरुको समस्यालाई सम्बोधन गरि समाधान दिने खालको हुनु पर्नेछ । छनौट गरिएका प्रति प्रस्तावहरुलाई अधिकतम रु. १०,००,०००/- (रुपैया दश लाख सम्म मात्र) सम्म अनुदान दिइने छ र साथै यस आर्थिक वर्षको अन्तिम सम्ममा कार्य सम्पन्न गरिसक्नु पर्नेछ । यस कार्यक्रममा सहभागिताका लागि शैक्षिक योग्यताको कुनै बन्देज रहने छैन ।

प्रस्तावको लागि अनुसन्धानका प्राथमिक क्षेत्रहरुः

कृषि प्रविधि तथा यान्त्रिकीकरण, खाद्य प्रविधि, सूचना प्रविधि, उर्जा तथा यातायात प्रविधि, शहरी विकास प्रविधि, उदियमान प्रविधि, प्राकृतिक श्रोत साधनको उपयोग सम्बन्धि प्रविधि, वातावरण एवं जलवायु परिवर्तनको क्षेत्रमा विद्यमान समस्याहरुको सामाधान गर्ने खालका प्रस्तावको लागि। माथि उल्लेखित प्राथमिकताका क्षेत्रहरु तोकिएका छन्।

यस प्रतिष्ठानको तत्सम्बन्धी कार्यविधि अनुसार छनोटमा परेका निवेदकहरुलाई मात्र अघिल्ली | चरणका लागि सम्पर्क गरिनेछ । विस्तृत विवरण यस प्रतिष्ठानको होम पेज (http://www.nast.gov.np/) बाट प्राप्त गर्न सक्नु हुनेछ ।

सम्पर्कः प्रविधि संकाय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान

पो.ब.नं ३३२३, खुमलटार, ललितपुर, नेपाल, फोन नं. ०१-५५४७७१५, ५५५०८१३.

इमेलः i4p@nast.gov.np

Tag:प्रस्ताव