After SEE Portal

डिप्लोमा/प्रमाणपत्र तहको पुनः प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् 

परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपरको 

२०७६ कार्तिक २३ गते सञ्चालन हुने पुनः प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना

(सूचना प्रकाशित मिति २०७६/०७/१९) 

यस परिषद, परीक्षा नियन्त्रण कार्यालयद्वारा विभिन्न मितिमा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचनाबमोजिम मिति २०७६/०७/२३ गते शनिबार बिहान ८:०० बजेदेखि सञ्चालन हुने डिप्लोमा/प्रमाणपत्र तह तथा सोही दिन दिउँसो २:०० बजेदेखि सञ्चालन हुने प्राविधिक एस.एल.सी.तहको परिषद्का आगिक, साझेदार तथा परिषदबाट सम्बन्धन/स्वीकृति प्राप्त गरी नीजिस्तरमा सञ्चालित शिक्षण संस्थामा आवेदन फाराम भरेका परीक्षार्थीहरूको पुनः प्रवेश परीक्षाको परीक्षा केन्द्र परिषद् प्रदेश कार्यालयहरूको निर्णयानुसार देहायबमोजिम निर्धारण गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

साथै TECS कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाहरूको प्रवेश परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनसम्बन्धी कार्य मिति २०७६/०६/१७ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित उप-समितिले नै गर्नेछ। 

प्रवेश परीक्षा हुने मितिः २०७६/०७/२३ गते शनिबार डिप्लोमा/प्रमाणपत्र तह बिहान ८:०० बजेदेखि

प्राविधिक एस.एल.सी तह दिउँसो २:०० बजेदेखि 

Diploma and PCL Re-Entrance Exam Center Notice-2076 from CTEVT

 

 

Tag:परीक्षा केन्द्र