डिप्लोमा/प्रमाणपत्र र प्राविधिक एस.एल.सी तहको भर्ना तथा शुल्क सम्बन्धी सूचना: सीटीईभीटी

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको 

डिप्लोमा/प्रमाणपत्र र प्राविधिक एस.एल.सी तहको पूर्ण शूल्कीय तर्फको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट संचालन गरिने डिप्लोमा/प्रमाणपत्र तह तथा प्राविधिक एस.एल.सी तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरुमा परिषद्बाट संचालन सम्बन्धन स्वीकृती पाएका शिक्षण संस्थाहरुलाई परिषद् कार्यालयद्वारा निम्न शैक्षिक कार्यक्रममा देहाय वमोजिम शुल्क निर्धारण गरिएको हुंदा सोही बमोजिम किस्ताबन्दीका रुपमा शुल्क कारोवार गर्नु गराउनु हुन यसै सूचनाद्वारा जानकारी गराईन्छ । उल्लेख गरिएको शुल्कको अलावा अन्य कुनै प्रकारका (खाना र बस्न बाहेक) शुल्क लिन पाईने छैन यदि लिएमा त्यस्ता शिक्षण संस्थाहरुलाई परिषद्को ऐन, नियम तथा विनियम अनुसार कार्वाही गरिने व्यहोरा समेत यसै सूचनाद्वारा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । 

  • प्रवीणता प्रमाणपत्र तह - ४,७५,०००। 
  • नर्सिङ्ग प्रमाणपत्र तह सामान्य - ४,०४,०००।  
  • डिप्लोमा इन फार्मेसी - ३,३७,८००। 
  • सि.एम.ए - १,००,०००। 
  • अ.न.मी - १,२०,०००।

 माथि उल्लेखित रकममा बिद्यार्थीको रजिष्ट्रेशन शल्क एवं नियमित परीक्षा आवेदन शल्क समेत समावेश गरिएको छ । बिद्यार्थीहरुसंग आर्थिक कारोवार गर्दा शिक्षण संस्थाहरुले अनिवार्य रुपमा बैंक मार्फत गर्नपर्नेछ । साथै अन्य जानकारी आवश्यक परेमा आफले अध्ययन गर्न चाहेको सम्बन्धित शिक्षण संस्था वा सम्बन्धित परिषदको प्रदेश कार्यालयहरुमा र परिषदको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ। नोटः अध्ययनको अवसर प्रदान गराइदिन्छु वा भर्ना गराइदिन्छु भनी झुट्टा आश्वासन तथा भ्रम पैदा गराई कोही कसैले अनुचित प्रभाव पार्न चाहेमा त्यसप्रति पुर्ण सचेत रही हुन सक्ने ठगीलाई रोक्न सम्बन्धित बिद्यार्थी, अभिभावक र सरोकारवालाहरुमा हार्दिक अनुरोध गरिन्छ । यदि कसैले सो सम्बन्धी अवान्छित गतिविधि थाहा भएमा परीक्षा नियन्त्रण कार्यालयको oce.ctevt@gmail.com मा इमेल गरिदिनु हुन अनुरोध छ । यो सूचना परिषद्को वेभसाइट www.ctevt.org.np मा पनि हेर्न सकिनेछ।

परीक्षा नियन्त्रक

Tag:भर्ना
Thuprai - Books and E-books