After SEE Portal

एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रममा भर्नाको लागि Online College Priority Set गर्ने सम्बन्धि सूचना

Bridge Course

त्रि.वि.चिकित्सा शास्त्र अध्ययन संस्थान

डीनको कार्यालय

परीक्षा नियन्त्रण महाशाखाको

अत्यन्त जरुरी सूचना

यस अध्ययन संस्थानद्वारा स्नातक तहको MBBS र BDS शैक्षिक कार्यक्रममा भर्नाको लागि Online College Priority Set गर्नको लागि कमश:२०७६।९।१९ देखि २०७६।९।२३ गते रातिको १२:०० (MBBS) र २०७६।९।२१ देखि २०७६।९।२५ रातिको १२:०० बजेभित्र (BDS) को समयावधि दिई सूचना प्रकाशन भई सोही प्रयोजनको लागि उत्तीर्ण सूचिमा रहेका सम्पर्ण परीक्षार्थीहरुलाई परीक्षा फारम भर्दा दिइएको मोबाइल नं.मा Security Code पठाई सकिएको छ। कारणवश कसैले उक्त कोड प्राप्त नगर्नु भएको भए तुरुन्त परीक्षा नियन्त्रण महाशाखामा सम्पर्क गर्नुभई आफ्नो Security Code प्राप्त गर्नुहुन पुन: यो सूचना  प्रकाशित गरिएको छ । उक्त बमोजिम पूर्व निर्धारित मिति भित्र Online College Priority Set गर्न छुट भएमा परीक्षा महाशाखा जवाफदेहि नभई परीक्षार्थी आफै जवाफदेहि हुनेछन् । 

मिति: २०७६ पौष १ गते

परीक्षा नियन्त्रण महाशाखा, महाराजगंज

Tags:मेडिकल कलेजबीडीएसएमबीबीएसभर्ना
Thuprai - Books and E-books