After SEE Portal

एक वर्षे वी. एड.परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने सम्वन्धि सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७६ सालमा संचालन हुने समयसीमा भित्र परेका नियमित तथा आंशिक परीक्षा दिने एक वर्षे वी.एड.का परीक्षार्थीहरुको २०७६ साल कर्तिक १८ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराइन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै  हुनेछ । २०७६ साल कार्तिक १८ गते पछि एक हप्तासम्म दोब्बर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन । साधारण म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोब्बर दस्तुरको पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरीएको छ ।

पुनश्च : मिति २०७२ सालमा पहिलो पटक परीक्षा आवेदन फारम भरेका  परीक्षार्थीहरुको हकमा यो पटक अन्तिम परीक्षा हुनेछ । समय सिमा ननाघेका परीक्षार्थीहरुको मात्र फारम भर्न भराउन हुन सुचित गरीन्छ अन्यथा परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुनेछैन ।परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम