After SEE Portal

चिकित्सा शिक्षा स्नातकोत्तर तह कार्यक्रमका लागि प्राथमिकता निर्धारण गर्ने सम्बन्धी सूचना

Bridge Course

चिकित्सा शिक्षा स्नातकोत्तर तह MD/MS कार्यक्रमको wrap-up Matching का लागि प्राथमिकता निर्धारण (Priority Setting) गर्ने सम्बन्धी सूचना ।चिकित्सा शिक्षा स्नातकोत्तर तह MD/MS कार्यक्रममा रिक्त रहेका सिटहरूकालागि Open house counseling मा सहभागी हुन यस आयोगको मिति २०७८/०१/०९ गतेको सूचना अनुसार आवेदन दिएका उम्मेद्वारहरूकालागि मात्र “विश्व महामारीको रुप लिएको कोभिड १९ का कारण... हाल स्थगन भएको भौतिक उपस्थितिमा हुने wrap-up Matching लाई यस पटकका लागि अनलाइन सञ्चालन गर्ने..." चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको मिति २०७८/०१/२८ मा निर्णय भएकोले सम्बन्धित सबैलाई चिकित्सा शिक्षा आयोगको वेबसाइट मा रहेको MECEE PG 2020 वेबपोर्टल मार्फत देहाय अनुसार प्राथमिकता निर्धारण (priority setting) गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनोट गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । wrap up matching मा सहभागी हुन आवेदन दिएका परीक्षार्थीहरुले मात्र प्राथमिकता निर्धारण गर्नु पर्नेछ । उम्मेद्वारको योग्यताक्रम, प्राथमिकता र उपलब्ध सिटका आधारमा computer based matching प्रणालीबाट अन्तिम भर्ना सूची (wrap up admission list) प्रकाशन गरिने छ ।

Thuprai - Books and E-books