CMAT

आधारभूत तह कक्षा ८ को परीक्षाको Online फाराम भर्ने सूचना

Bachelors Portal

श्री काठमाडौं महानगरपालिकामा सञ्चालित सबै विद्यालयहरु,

विषयः- आधारभूत तह कक्षा ८ को परीक्षाको Online फाराम भर्ने सूचना

शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा ८ को परीक्षा प्रयोजनका लागि यस महानगरपालिका अन्तर्गत कक्षा ८ सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई आफ्नो विद्यालयमा कक्षा ८ अध्ययनरत विद्यार्थीको विवरण पछिसम्म फरक नपर्ने गरी जन्मदर्ता प्रमाणपत्रको आधारमा निम्नानुसारको वेव ठेगानामा गत वर्ष (२०७५) में विद्यार्थी विवरण अनलाईनमा भरी मिति २०७६ माघ मसान्तसम्ममा पेश गर्नुहुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१.विवरण अनलाइन भर्ने ठेगाना : kmcdoe.org मा २०७६ साल छनोट गरी गत वर्षकै username र password प्रयोग गरी भर्ने।

२.विद्यालयले अनिवार्य रुपमा जन्मदर्ता प्रमाण पत्रका आधारमा विवरण रुजु गरी पछिसम्म फरक नपर्ने गरी भर्नुपर्ने छ।

३.विद्यालयले निम्न विवरणहरु रजिष्टरमा अनिवार्य रुपमा विद्यार्थीको फोटो टाँसी एक प्रति राख्नुपर्ने छ ।

क्र.सं.  विद्यार्थीको नामथर जन्ममिति  बाबुको नामथर आमाको नामथर  ठेगाना  फोटो र.नं. सिम्बोल  कैफियत

४.संस्थागत विद्यालयले प्रति विद्यार्थी रु. २०० का दरले काठमाडौं महानगरपालिकाको नविल बैंङ्मा रहेको खाता नं ०३०६०१७५००१४७ मा रकम जम्मा गरेको सक्कलै भौचर पेश गर्नुपर्ने छ।

५. मिति २०७६/०९/२५ गतेदेखि २०७६/१०/२९ गते सम्ममा अनिवार्य रुपमा Online विवरण भरिसक्नु पर्नेछ।

६.परीक्षासँग सम्बन्धित अन्य कुरा बुझ्नुपर्ने भएमा सम्बन्धित क्षेत्रको वि.नि./सोतव्यक्ति तथा कामपा शिक्षा विभागका शा.अ. श्री मोतीप्रसाद भट्टराई फोन नं. ९८४२१४८२३४ र अधिकृत छैठौं श्री लक्ष्मी अधिकारी फोन नं. ९८४१२०१६५२ मा सम्पर्क राख्नहुन समेत अनुरोध छ।

तारापति खरेल निमित्त शिक्षा अधिकारी

Tag:परीक्षा आवेदन फाराम