After SEE Portal

निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई फारम भर्ने सम्बन्धी सूचना: पोखरा विश्वविद्यालय

Bridge Course

पोखरा विश्वविद्यालय छात्रवृत्ति २०७६ मा छात्रवृत्ति परीक्षा उत्तीर्ण गरी योग्यताक्रम सूचिमा समावेश भएका निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई फारम भर्ने सम्बन्धी सूचना

पोखरा विश्वविद्यालय छात्रवृत्ति छनोट समिति, २०७६ बाट मिति २०७६।०५।२३ र २४ गते लिइएको स्वास्थ्य विज्ञान संकाय, विज्ञान तथा प्रविधि संकाय समूह क, ख, व्यवस्थापन संकाय र मानविकि तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका विभिन्न कार्यक्रमहरुको छात्रवृत्ति छनौट प्रवेश परीक्षाको योग्यताक्रम सूचि (Merit List) मिति २०७६।०५।२७ गते प्रकाशित गरिएकामा नियमानुसार सरकारी विद्यालयबाट एसइइ/एसएलसि उत्तीर्ण गरेका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिई वितरण गरिएको र अझै सम्लग्न सिटमा उल्लेख भए अनुसार विभिन्न कार्यक्रमहरुमा छात्रवृत्ती सिट खाली रहेकोले पो वि छात्रवृत्ती परीक्षा उत्तीर्ण गरि योग्यताकम सूचीमा समावेश भएका निजी तथा संस्थागत विद्यालयबाट एसइइ/एसएलसि उत्तीर्ण गरेका विद्यार्थीहरुलाइ स्वयं उपस्थित भइ पो.वि.छात्रवृत्ति नियमावली, २०६५ को नियम १३(१) मा उल्लेख गरिएको अनुसचि-(२) सँग सम्बन्धित फाराममा अध्ययन गर्न चाहेको शैक्षिक कार्यक्रम, छात्रवृत्तीको किसिम र कलेजको नाम भरी मिति २०७६/०८/०३ गते मंगलवार कार्यालय समय सम्ममा पो वि छात्रवृत्ती शाखामा आफ्नो निवेदन दर्ता गराउनुहुन सम्बन्धित सवैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ।

नोट:

अनुसचि-(२) सँग सम्बन्धित फाराममा अध्ययन गर्न चाहेको शैक्षिक कार्यक्रम र कलेजको नाम भरी बुझाउँदा कक्षा ११ र १२ को ट्रान्सकृष्ट र चारित्रिक प्रमाणपत्र को प्रतिलिपी अनिवार्यरुपमा पेश गर्नुपर्नेछ ।

योग्यताकम सूचीमा बराबर अंक प्राप्त गर्ने विद्यार्थीका हकमा उनिहरुको कक्षा ११, १२ को सिजिपिएका आधारमा योग्यताकम सूची(Final Merit List) निर्धारण गरिनेछ र सो अनुसार विद्यार्थीहरुलाई छनोट गरि कलेजहरुमा पठाइने छ।

Bachelor Scholarship Awarded List 2076.pdf