After SEE Portal

विद्युतीय माध्यम (Online) बाट कक्षा सञ्चालन सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय

Bridge Course

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नेपाल सरकारबाट मुलुकमा लकडाउन लागु  गरिएकोले त्रिवि का आंगिक क्याम्पस / कलेज तथा केन्द्रीय विभागहरुका साथै सम्बन्धन प्राप्त क्याम्पसहरुमा समेत सञ्चालित सम्पूर्ण तहको पठन पाठन बन्द भएको करा सर्वविदित नै छ।

यस अवस्थामा प्रत्यक्ष कक्षा संचालन गर्न असम्भव भएकोले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले त्रि.वि.का स्वीकृत सबै कार्यक्रम र विषयहरु (प्रयोगात्मक (Practical) कक्षा बाहेक) लाई विद्यतीय माध्यम Online बाट समेत अध्ययन अध्यापन गर्न सकिने व्यवस्था त्रि.वि. प्राज्ञिक परिषद्बाट भएको हुँदा सो को कार्यान्वयनका लागि त्रि.वि कार्यकारी परिषदले तत्कालको अवस्थामा कार्यान्वयनमा ल्याएको “विद्यतीय माध्यम (Online) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७" बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीन कार्यालयहरुमा पत्र पठाइ सकिएको हुँदा आआफनो डीन कार्यलयसंग समन्वय गरी विद्युतीय माध्यम (Online) बाट कक्षा सञ्चालन गर्नु गराउनु हुन त्रि.वि. का सर्वे आगिक क्याम्पस स्कूल विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी विद्याधीहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

(प्रा.डा. पेशल दाहाल)

रजिष्ट्रार