A Levels MA

पूर्ण शुल्कीय​​​​​​​तर्फ डिप्लोमा तथा प्रमाणपत्र तह अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको शैक्षिक सत्र २०७७/०७८ मा पूर्ण शुल्कीयतर्फ डिप्लोमा तथा प्रमाणपत्र तह अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना ।

एस.ई.ई./प्रा. एस.एल.सी. उत्तीर्ण भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गतका शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०७७/०७८ मा डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरू अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको कार्यक्रम र शिक्षण संस्थाहरूमा नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड समेतलाई पालना गर्दै सम्बन्धित शिक्षण संस्थाले उपलब्ध गराएको विद्यतीय माध्यमबाट मिति २०७७ आश्विन १५ गते कार्यालय समयभित्र आवेदन दिनुहुन सूचित गरिन्छ । परिषदबाट कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त शिक्षण संस्था, कार्यक्रम, कोटा सङ्ख्या तथा अन्य विस्तृत जानकारी परिषदको Website: www.ctevt.org.np मा हेर्नुहुन समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

- परीक्षा नियन्त्रक

Thuprai - Books and E-books