नेपाल इन्जिनियरिङ्ग परिषद्​को इन्जिनियरिङ्ग शिक्षण संस्था स्थापना पूर्व स्वीकृति लिनुपर्ने सम्बन्धमा जरुरी सूचना

नेपाल इन्जिनियरिङ्ग परिषद्को

अत्यन्त जरुरी सूचना 

यस नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५, ऐ.को नियमावली, २०५७ तथा इन्जिनियरिङ्ग शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली, २०६६ बमोजिम नेपाल राज्यमा इन्जिनियरिङ्ग विषय अध्ययन अध्यापन गर्न चाहने शिक्षण संस्थाले यस परिषद्को स्वीकृति लिएर मात्र स्थापना गर्न सक्ने र परिषद्बाट स्वीकृत शिक्षण संस्थाले विद्यार्थी भर्ना गर्ने नयाँ संकाय (Program) थप/घट गर्ने तथा विद्यार्थी संख्या थप/घट गर्ने जस्ता कार्य गर्न समेत परिषद्को पूर्व स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था रहेको हुँदा परिषद्को पूर्व स्वीकृति बिना इन्जिनियरिङ्ग शिक्षण संस्था स्थापना गर्न तथा अध्ययन अध्यापन गरे, गराएमा त्यस्ता शिक्षण संस्थाबाट उतीर्ण विद्यार्थीहरूको नाम परिषद्मा दर्ता नगरिने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारबाला विद्यार्थी, अभिभावकज्यूलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

रजिष्ट्रार 

नेपाल इन्जिनियरिङ्ग परिषद् 

भगवतीमार्ग, नक्साल, काठमाडौं 

फोन नं. ०१-४४२०६५५, ४४२०६५६ 

इमेल: necgov@ntc.net.np

नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ को दफा २१ नेपाल इन्जिनियरिङ्ग परिषद् नियमावली, २०५७ (संशोधन सहित) को नियम १५ तथा परिषद्को इन्जिनियरिङ्ग शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली, २०६६ (चौथो संशोधन सहित) बमोजिम परिषद्ले हाल (२०७५/०५/०८) सम्म देहाय बमोजिमका इन्जिनियरिङ्ग शिक्षण संस्थाहरूलाई देहाय बमोजिमको विषयहरूमा स्नातक तहमा अध्ययन/अध्यापन गराउन स्वीकृति दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

स्वीकृति प्राप्त संस्थाको नाम, ठेगाना/ स्वीकृत विषयहरु/भर्ना संख्या/ स्वीकृतिको किसिम : 


Thuprai - Books and E-books