After SEE Portal

MBBS/BDS विषयमा छात्रवृत्तिका लागि आवेदन गरेका र कागजात नमिलेका आवेदकहरूलाई अत्यन्त जरुरी सूचना

Bridge Course

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

छात्रवृत्ति शाखा केशरमहल, काठमाडौं

छात्रवृत्ति शाखाको अत्यन्त जरुरी सूचना

MBBS र BDS विषयको छात्रवृत्तिका लागि मिति २०७६ कार्तिक ६ गते आह्वान गरिएको सूचनाअनुसार आवेदन भरेका रजिष्ट्रेसन कोड नम्बरहरू ४९७१, ५१०९, ५९६३, ६१२२, ६२०५, ६५२६, ६७०९, ६७६६, ६९२२, ७०१३, ७०४२, ७०७९, ७१३८, ७२७०, ७३११, ७३७१, ७४०८, ७४३५, ७४९८, ७५९७, ७६२०, ७६९४, ७७०९, ७७२७, ७७४०, ७७९३, ७८००, ७८७६, ७९०७, ७९०८, ७९१७, ७९२८ र ७९३० का उम्मेदवारहरूको आवश्यक कागजातहरू नभएको वा नमिलेको देखिएकाले दरखास्त म्यादभित्र नै ती छुट भएका कागजात बनेका तर आवेदन भर्दा प्राविधिक कारणले छुट भएका वा त्रुटि भएका भए २०७६ कार्तिक २९ गतेभित्र ती कागजातका सक्कल र स्क्यान लिएर छात्रवृत्ति शाखामा सम्पर्क राख्न आउन यो सूचना प्रकाशन गरिएको छ । विस्तृत जानकारीका लागि मन्त्रालयको वेभसाइट www.moest.gov.np मा प्रकाशित सूचना हेर्नु होला । पुनश्चः म्याद बाहिर बनाइएका कागजात स्वीकार गरिने छैन साथै दरखास्त स्वीकृत भएका र यसपछि स्वीकृत हुने उम्मेदवारहरूले पनि पेश गरेका कुनै कागजात झुट्टा देखिन आएमा मेरिट लिष्ट प्रकाशन अघि र पछि पनि बदर हुन सक्ने ब्यहोरा यो सूचना मार्फत पुनः जानकारी गराइन्छ ।