A Levels MA

नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाईसेन्स परीक्षा) सम्बन्धी अत्यन्त जरूरी सूचना !

२०७७ कार्तिक १ गते (२०२० अगष्ट १७ तारिख) शनिबार हुने अन्ठाउन्नौं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाईसेन्स परीक्षा) मा सहभागी हुन इच्छक परीक्षार्थीहरूका लागि २०७७ असोज ६ गतेदेखि अनलाईन आवेदन फाराम खुला गरिएको छ। यसका लागि exam.nmc.org.np मा दिइएको निर्देशन बमोजिम अनलाइन फाराम भरी बुझाउन हुन अनुरोध छ। अनलाइन फाराम २०७७ असोज ६ गतेदेखि असोज २० गतेसम्म बुझाउन सकिनेछ । २०७७ असोज २१ गते बिलम्ब शुल्क सहित फाराम बुझाउन सकिनेछ। अनलाइन आवेदन चौबीसै घन्टा खुला हुनेछ । २०७७ भदौ २० गतेको परीक्षामा सहभागी भई अनुत्तीर्ण परीक्षार्थीहरूले समेत आवेदन गर्न सक्नेछन् । परीक्षा केन्द्र धरान, वीरगन्ज, चितवन, नेपालगन्ज र काठमाडौँ तोकिएको छ। आबेदन दिदा आफूले इच्छाएको परीक्षा केन्द्र प्राथमिकताका आधारमा तोक्नुपर्नेछ।

परीक्षा समिति नेपाल मेडिकल काउन्सिल बाँसबारी, काठमाडौं, फोन न. ४३७७१६४/४३७१९५४ 

ईमेल : nmcanmc.org.np

Thuprai - Books and E-books