राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा लिखित परीक्षाको विज्ञापन

 

 

सूचना नं. ३५४/०७६-७७

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ।

परीक्षाको किसिम :लिखित, सूचना प्रविधि सीप परीक्षण र अन्तर्वार्ता।

परीक्षा केन्द्र :

• प्रथम चरण: केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरु । साथै लोक सेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोक सेवा आयोग, सर्खेतकार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा संचालन गरिनेछ ।

• द्वितीय चरणः आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयले तोके बमोजिम ।

दरखास्त दस्तुर :प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ४००।- (चार सय) बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु. २००।- (दुई सय) थप दस्तुर बुझाउनु पर्नेछ । साथै उम्मेदवारले अनलाइन प्रणालीमा छनौट गरेको सेवा/समूहको क्लष्टरका आधारमा एक भन्दा बढी क्लष्टर प्रत्येककालागि थप रु २०० (दुई सय) का दरले परीक्षा दस्तुर बुझाउनु पर्नेछ ।

दरखास्त दस्तुर बुझाउने विधि र स्थान : अनलाइन मार्फत दरखास्त दस्तुर बुझाउने विधि :आयोगको अनलाईन दरखास्त प्रणालीबाट फर्म submit गरेपछि Payment Tab को view applied advertisement मा Click गरी आफूले Apply गरेको list मा रहेको “तिर्नुहोस्" link मा Click गर्ने । त्यसपछि देखिने शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ Online Payment button मा Click गरेपछि देखिने भौचरसँग रहेको Connect IPS Radio button मा Click गरी "रकम भुक्तानी गर्नुहोस्" बटनमा click गर्ने । त्यसपछि आउने स्क्रिनबाट Connect IPS प्रणालीमा login गरी आफ्नो बैंक खाता छानी सोझै दस्तुर बुझाउन सकिनेछ। Connect IPS को सेवा प्रयोग गर्नु पूर्व एक पटक www.connectips.com मा गई Sign Up गर्नका साथै उक्त प्रणालीसँग जोडिएका बैंकहरुमध्ये आफ्नो खाता रहेकोबैकको खातालाई link गरी सो बैंकबाट verify गराइएको हुनुपर्नेछ ।

बैंक मार्फत नगद दरखास्त दस्तुर बुझाउने विधि : आयोगको अनलाईन दरखास्त प्रणालीबाट फर्म submit गरेपछि Payment Tab को view applied advertisement मा Click गरी आफूले Apply गरेको list मा रहेको "तिर्नुहोस्" Link मा Click गर्ने । त्यसपछि देखिने शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ राष्ट्रिय वाणिज्य बैंक/ग्लोबल आई.एम.ई. बैंक/एन.आइ.सी. एशिया बैंक मध्ये आफूलाई पायक पर्ने कुनै एक बैंकमा क्लिक गर्नु पर्नेछ । सो पश्चात् देखिने भौचरको तल पट्टी रहेको शर्त मञ्जुर गर्ने check box मा Tick लगाइ activate हुने print button मा click गरी भौचर Print गरेर उक्त बैंकको नजिकको शाखामा गई भौचर पेश गरी रकम बुझाउन सकिन्छ। उक्त . भौचर बिना बैंकहरुले नगद नबुझ्ने भएकोले अनिवार्य रुपमा भौचर प्रिन्ट गरी साथै लिइ जानुपर्नेछ । उल्लेखित बैङ्कहरुका नेपालभरिका सबै शाखाहरुबाट नगद बुझाउन सकिने छ।

दरखास्त दस्तुर बुझाउने अवधि : अनलाइन माध्यमबाट दरखास्त पेश गरिसकेपछि उम्मेदवारले प्राप्त गरेको Master ID र कारोबार संकेत नम्बर उल्लेखभएको भौचर सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको परीक्षा दस्तुर/दोब्बर दस्तुरअनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ। अपलोड गर्नुपर्ने कागजातहरु : उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायतसम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नु पर्नेछ । सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडिको भाग स्क्यान गरी JPG Format मा अपलोडगर्नु पर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ।

दरखास्त दिने अन्तिम मिति :- २०७६/१०/१४ सम्म. र दोब्बर दस्तुर तिरी २०७६/१०/२१ सम्म।

२०७६/१०/१४ सम्म १८ वर्ष उमेर पूरा भै ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको।• वहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।

आवश्यक न्यूनतम योग्यताः

 निजामती सेवा ऐन, २०४९ को दफा १० र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा २० बमोजिम अयोग्य नभएको हुनुका साथै निजामती सेवा नियमावली, २०५० को नियम १५ तथा व्यवस्थापिका संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को नियम १४ बमोजिम तोकिएका देहाय अनसारको न्यनतम शैक्षिक योग्यता प्राप्त गरेको हन पनेछ।

१) नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूहको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

२) नेपाल परराष्ट्र सेवाको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

३) नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह र राजस्व समूहको लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

४) नेपाल प्रशासन सेवा, लेखा समूहको लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित वा तथ्याङ्कशास्त्रवा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह सो सरह उत्तीर्ण ।

५) नेपाल लेखापरीक्षण सेवाको लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्यशास्त्र विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

६) व्यवस्थापिका संसद सेवा, सामान्य प्रशासन समहको लागि : मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण । 

 

Thuprai - Books and E-books