पाठ्यक्रम परिमार्जन तथा नयाँ/थप शैक्षिक कार्यक्रमहरुको संचालन सम्बन्धी सूचना

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा सुधार परियोजना अन्तर्गत वर्तमान शैक्षिक प्रणालीमा समयसापेक्ष सुधार गर्दै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा पर्ने बजारोन्मुख नयाँ परिमार्जित/ थप शैक्षिक कार्यक्रम सञ्चालन विस्तार गरी राष्ट्रको विकासमा प्रत्यक्ष सहयोग पुयाउन मानव संसाधन उत्पादन गर्ने लक्ष्य अनुरुप विश्वविद्यालयहरु र सो अन्तर्गतका उच्च शिक्षा संस्थाहरुलाई पाठ्यक्रम परिमार्जन तथा नयाँ /थप शैक्षिक कार्यक्रमहरूको संचालन कार्यक्रम अन्तर्गत निम्नानुसार अनुदान सहयोगको व्यवस्था गरेकोमा निर्धारित मापदण्ड पूरा गरेका उच्च शिक्षा संस्थाहरुले सम्बन्धित अनुदान सहयोगका लागि मिति २०७७ बैशाख १५ गते भित्र आयोगमा आवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। 

अनुदान सहयोगका मुख्य प्रकारहरुः

(१) नयाँ शैक्षिक कार्यक्रमः आ.व. २०७१/०७२ वा सो पश्चात् सम्बन्धित निकायबाट पहिलो पटक संचालन स्वीकृती पाएका राष्ट्रिय प्राथमिकतामा पर्ने शैक्षिक कार्यक्रम संचालन गरे बापतको अनुदान 

(२.क) परिमार्जित शैक्षिक कार्यक्रमः शैक्षिक कार्यक्रमको एक शैक्षिक चक्र पूरा भई आ.व. २०७१/०७२ वा सो पश्चात् सम्बन्धित निकायबाट परिमार्जन भएको कार्यक्रम संचालन गरे बापतको सम्बन्धित डीन कार्यालय/संकायहरु/ शैक्षिक स्वायत्त उच्च शैक्षिक संस्थाहरुलाई अनुदान (यो अनुदान त्रि.वि. बाहेकका विश्वविद्यालयहरुलाई विश्वविद्यालय अनुदान आयोगबाट उपलब्ध गराइने)

 (२.ख) परिमार्जित शैक्षिक कार्यक्रमः वार्षिकबाट सेमेष्टर प्रणालीमा परिमार्जित कार्यक्रम संचालन गरे वापतको अनुदान (यो अनुदान त्रि.वि. का संकाय/अध्ययन संस्थान/स्वायत्तता प्राप्त क्याम्पस/ केन्द्रिय विभाग/स्कूल बाहेक त्रि.वि. का सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस र अन्य विश्वविद्यालयहरुलाई विश्वविद्यालय अनुदान आयोगबाट उपलब्ध गराइने) 

(३.क) थप कार्यक्रमः आ.व. २०७१/०७२ पूर्व सम्बन्धित निकायबाट स्वीकृती प्राप्त गरी अन्य उच्च शिक्षा संस्थामा संचालन भइरहेको शैक्षिक कार्यक्रम आ.व. २०७१/०७२ वा सो पश्चात् सम्बन्धित उच्च शिक्षा संस्थाले स्वीकृती प्राप्त गरी संचालन गरे वापतको अनुदान 

(३.ख) थप कार्यक्रमः (STEM वा Computer Application विधा तर्फ); आ.ब. २०७१/०७२ पूर्व सम्बन्धित निकायबाट स्वीकृती प्राप्त गरी अन्य उच्च शिक्षा संस्थामा संचालन भइरहेको STEM (Science and Technology, Engineering, Mathematics), अन्य प्राविधिक विधा वा Computer Application सँग सम्बन्धित शैक्षिक कार्यक्रम आ.व. २०७३/०७४ वा सो पश्चात् सम्बन्धित उच्च शिक्षा संस्थाले स्वीकृती प्राप्त गरी संचालन गरे वापतको अनुदान उपरोक्त बाहेक उच्च शिक्षा सुधार परियोजना, परियोजना कार्यान्वयन निर्देशिकाको अनुसूची ८.५ (ख) अन्र्तगत व्यवस्था भएका सहयोगका अन्य प्रावधानहरु मापदण्ड पूरा गरेका उच्च शिक्षा संस्थाहरुले प्रस्ताव तयार गरी आयोगमा आवश्यक कागजात सहित निवेदन पेश गर्न सक्नेछन् । नोटः यस सूचनासँग सम्बन्धित थप विस्तृत विवरण आयोगको website www.ugcnepal.edu.np बाट प्राप्त गर्न सकिने छ ।

थप जानकारीका लागि विश्वविद्यालय अनुदान आयोग  

रिफर्म युनिट फोन नं. ०१-६६३८५४८/४९/५०/५१ (एक्स्टेन्सन नं. १४८)

सानोठिमी, भक्तपुर

Thuprai - Books and E-books