After SEE Portal

विपन्न लक्षित छात्रवृत्ति भर्ने भराउने सम्बन्धी सबै सामुदायिक विद्यालय र विद्यार्थीहरूलाई सूचना: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Bridge Course

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालय

विपन्न लक्षित छात्रवृत्ति भर्ने भराउने सम्बन्धी सबै सामुदायिक विद्यालय र विद्यार्थीहरूलाई सूचना

सानोठिमी, भक्तपुर विगत वर्ष झै यस आ.व. २०७६/७७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको सहकार्यमा नेपालभरका सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९-१२) मा अध्ययनरत विपन्न विद्यार्थीहरुको पहिचान गरी उनीहरुलाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उक्त छात्रवृत्ति प्राप्त गर्न कक्षा ८ र १० मा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरुले PMT फाराम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन यो सूचना प्रकाशित गरिएको छ । यसका लागि तल उल्लिखित प्रक्रिया पूरा गर्नुपर्नेछ।

१. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको Website www.doe.gov.np र विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिको Website www.sfafdb.edu.np मा गई PMT फाराम डाउनलोड गर्नुपर्नेछ। 

२. उक्त फाराम विद्यालयले प्रिन्ट गरी फाराम भर्न इच्छुक विद्यार्थी/अभिभावकलाई उपलब्ध गराउनुपर्नेछ। 

३. सम्बन्धित विद्यार्थीले विद्यालयबाट उपलब्ध भएको फाराममा उल्लिखित सम्पूर्ण सूचकहरु सत्य / साँचो भरी आफ्नो अभिभावकबाट प्रमाणित गराई प्र.अ.समक्ष पेस गर्नुपर्नेछ । 

४. सम्बन्धित विद्यार्थी/अभिभावकबाट पेस भएको फाराम प्र.अ.ले सिफारिस गरी प्रमाणीकरण ( ख्भचषष्अबतष्यल)का लागि सम्बन्धित वडामा पेस गर्नुपर्नेछ ।

५. विद्यालयले उपरोक्त १. २. र ३. को प्रक्रिया पुयाई विद्यालयमा प्राप्त भएका PMT फारामहरु शिक्षा तथा मानव स्रोत विकास केन्द्रको iemis.gov.np मा log in गरी PMT Templete मा उल्लिखित सम्पूर्ण सूचकहरु भर्नु भराउनु पर्नेछ । 

६. सम्बन्धित वडाबाट प्रमाणित फाराम विद्यालयले सुरक्षित राख्नु पर्नेछ। 

७. अनलाइन तथा हार्डकपीबाट प्राप्त सबै विद्यार्थी विवरण सम्बन्धित विद्यालयले उक्त PMT Templete iemis.doe.gov.np मा Upload गर्नु पर्नेछ । 

पुनश्च: अनलाइन फाराम भराउने सामुदायिक विद्यालयहरुले तपसिलको विषय र प्रक्रियाहरुमा ध्यान दिनुहुन अनुरोध छ : १) फाराम भर्ने विद्यार्थी तथा भराउने विद्यालयले ध्यान दिनुपर्ने कुराहरु 

क) विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिमा हुने विद्यार्थीको नाम र विद्यालयले शैक्षिक तथ्याङ्क Flash Report मा उल्लेख भएको Student ID मा भएको विद्यार्थीको नाम एकै हुनेगरी पद्धति विकास गरिएकोले Student ID नभरेका विद्यालयहरुले छात्रवृत्ति फाराम भर्न भराउन सक्ने छैनन् ।

ख) PMT फारामका लागि आवश्यक पर्ने काम र १० का विद्यार्थीहरुको मात्रै Student ID अध्यावधिक गर्ने र सोही आधारमा छात्रवृत्तिकोपरलागि तथ्याङ्क भर्ने भराउने अवस्था भेटिएमा त्यस्ता विद्यालयको तथ्याङ्क रद्द हुने हुँदा त्यस्ता विद्यालयका विद्यार्थीहरुले छात्रवृत्ति पाउन सक्ने छैनन् ।

२) विद्यालयले अनलाइन फाराम भर्न एक्सेल प्राप्त गर्ने तरिका

(क) विद्यालयसँग Web based IEMIS मार्फत दिइएको पासवर्ड हुनुपर्नेछ । सो पासवर्ड थाहा नभएमा वा बिर्सिएमा सम्बन्धित स्थानीय तहमार्फत प्राप्त गर्न सकिनेछ । यससम्बन्धी कुनै द्विविधा वा कठिनाई भएमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना व्यवस्थापन शाखामा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

(ख) Web based IEMIS को होम पेजमा जानका लागि iemis.doe.gov.np (http/www नहाल्ने अहिलेको लागि) मा जाने र आफ्नो विद्यालयको कोड र पासवर्ड हालेर यन क्ष्ल गर्नुपर्नेछ।

(ग) Log In भइसकेपछि बाँयापट्टी Export Excels भन्ने बटन देखिन्छ, उक्त बटनमा क्लिक गर्ने । Year 2076 छनोट गर्ने, कक्षामा ८ र १० (विद्यालयमा चलेको कक्षा अनुसार) छान्ने । Exceltype मा PMT हुनुपर्ने । अब Go मा क्लिक गर्ने । यति गरिसकेपछि तपाईको Computer मा PMT को एक्सेल आएर बस्दछ। सो एक्सेलमा तपाईले Student ID मार्फत भरेका कक्षा ८ र कक्षा १० का विद्यार्थीहरुको विवरण पूरै आउँछ । अब छात्रवृत्तिका लागि चाहिने अन्य जानकारीहरु भर्ने भराउने । सो जानकारी भर्न भराउन चाहिने निर्देशन विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

(घ) यस एक्सेलमा काम गरिसकेपछि सोही वेबसाइटमा आउने । Dashboard मा जाने । School Level IEMIS भनेको ठाउँमा PMT छान्ने । अनि एक्सेल अपलोड गर्नुपर्नेछ ।

Thuprai - Books and E-books