After SEE Portal

शैक्षिक सत्र २०७८ को सैनिक कल्याणकारी छात्रवृत्ति

Bridge Course

श्री सैनिक कल्याणकारी योजना महानिर्देशनालय,

बलाधिकृत बिभाम, जंगी अड्डा “सैनिक कल्याणकारी छात्रवृत्ति, स्वदेश" सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति २०५९/०४/१० गते) सैनिक कल्याणकारी कोष अन्तर्गत सञ्चालित विविध कार्यक्रमहरु मध्ये शैक्षिक सत्र २०७८ को सैनिक कल्याणकारी छात्रवृत्ति, स्वदेश प्रदान गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

२. छात्रवृत्तिको विवरण

(क) छात्रवृत्ति रकमः प्रति विद्यार्थी वार्षिक एकमुष्ट रु.२०,०००/- (बिस हजार)।

(ब) छात्रवृत्ति पाउने विद्यार्थीः नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त सैनिकका छोरा/छोरी (बिगतका शैक्षिक सत्रमा छात्रवृत्ति पेश गरेकाको नाम मात्र आवेदन दिनु पर्ने यदि बिगतमा १२ कक्षाको छात्रवृत्ति रकम लिएको हो भने अर्को सन्ततीको लागि आवेदन दिन नपाउने)।

(ग) मध्ययनरत रहनु पर्ने कक्षाः शैक्षिक सत्र २०७८ को लागि छात्रवृत्तिको आवेदन पेश गर्न सो शैक्षिक सत्रमा कक्षा ६ देखि कक्षा १२ सम्म उत्तिर्ण भएको हुनु पर्नेछ ।

(घ) बिद्यार्थीहरुको उमेरः कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनको लागि २१ वर्ष उमेर मिति २०७९/०१/०१ गतेसम्म (न) ननाघेको हुनुपर्ने ।

३. छात्रवृत्ति पाउंन योग्य विद्यार्थीहरु

(क) नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त सैनिकका छोरा/छोरी हुनुपर्ने ।

(ख) हिताधिकारीहरुको १ (एक) जना सन्तती (छोरा/छोरी) ले मात्र छात्रवृत्ति प्राप्त गर्ने ।

(ग) शैक्षिक सत्र २०७८ सालमा कक्षा ६ देखि कक्षा १२ सम्म उत्तिर्ण भएका सन्ततीहरुले मात्र यो सुविधा प्राप्त गर्ने ।

(घ) २०७० सालको वार्षिक परीक्षामा सामुदायिक/सरकारी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको समग्रमा ४०% (GPA 1.6) र संस्थागत निजी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको हकमा समग्रमा ५०% (GPA 2.0) प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने (ग्रेडिन्न मात्र उल्लेख भएका लब्धाच प्रमाणपत्रमा जस्तैः ग्रेडिङ्ग A+वा Dछ भने प्रतिशत वा GPA अनिवार्य रुपमा खुलेको हुनुपर्ने ।

(ङ) नेपाल सरकारबाट मान्यता प्राप्त विद्यालय तथा महाविद्यालय (कलेज) हरुमा अध्ययनरत हुनुपर्ने (अन्य विदेशी मुलुकबाट नेपालमा संचालित शैक्षिक संस्था भएमा नेपाल सरकारले मान्यता दिएको हुनुपर्ने र मान्यता पाएको कागजात पेश गर्नु पर्नेछ) ।

(च) बहालवाला सैनिकको हकमा नेपाली सेनाको HR Digitization मार्फत रितपुर्वक दर्ता गरिएका सन्तती (छोरा/छोरी) ले मात्र यो सुविधा प्राप्त गर्ने ।

(छ) बिगत द्धन्द्धको समयमा घाईते भई सहराको जरुरत पर्ने भनी प्रमाणित भएका बहालवाला तथा अवकाश प्राप्त हिताधिकारी, रामेछाप जिल्लामा आगोलागी नियन्त्रणमा खटिंदा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका र रसुवा जिल्लाको राम्चेको पहिरोमा परी मृत्य भएका सैनिक सकल दर्जाका एक दम्पतीको सन्तती मध्ये सैनिक कल्याणकारी कोषको व्ययभारमा संचालित शैक्षिक संस्था वा Empanelled विद्यालयहरुमा १ (एक) जना छोरा वा छोरी अध्ययन गराईरहेको भएमा अर्को १ (एक) जना सन्ततीको र दुई जना सन्तती नै सैनिक कल्याणकारी कोषको व्ययभारमा संचालित शैक्षिक संस्था वा Empanelled विद्यालयहरुमा अध्ययन नगरेको भए २ (दुई) जनाको लागि आवेदन दिन सकिने । (

ज) २०७२ सालको बिनासकारी भूकम्पमा परी मृत्यु भएका भूकम्प प्रभावित १४ जिल्लाका बहालवाला तथा अवकाश प्राप्त हिताधिकारीका सन्तती भएमा २ (दुई) जनाको छात्रबृत्ति लागि आवेदन दिन पाउने । (सैनिक महाविद्याल बा Empanelled सहुलियत नलिएको भएमा मात्र)

(झ) जुम्ल्याह सन्ततीको हकमा सैनिक शिक्षण संस्थामा अध्ययनको लागि प्रवेश परिक्षा उत्तिर्ण भएको खण्डमा एक सन्तती सहुलियत र एक सन्तती पूर्ण शुल्कमा अध्ययन गराउन पाउने प्रावधान अनुसार एक सन्तती पूर्ण शुल्कमा अध्ययन गरी रहेको र अर्को सन्ततीले सैनिक शिक्षण संस्थामा सहुलियतमा अध्ययन नगरेको भएमा ।

(ञ) नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाले प्रचलित नेपाल कानून बमोजिम धर्म पुत्र वा पुत्रीको रुपमा ग्रहन गरेको एक जना सन्तती ।

४. छात्रवृत्ति पाउन योग्य नहुने विद्यार्थीहरु

(क) कल्याणकारी कोषको व्ययभारमा सञ्चालित शैक्षिक संस्थाहरुमा शैक्षिकसत्र २०७० सालमा विद्यालय/महाविद्यालयहरु (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत सञ्चालित महाविद्यालयहरु समेत अध्ययनरत विद्यार्थीहरु । यदि उक्त महाविद्यालय/विद्यालयहरुमा सःशुल्क (पूर्ण वा आंशिक सहुलियत शुल्कमा बाहेक) अध्ययनरत वा गैरसैनिक तर्फको कोटामा अध्ययनरत विद्यार्थी भए शैक्षिकसत्र २०७८ सालमा सहुलियतमा अध्ययन नगरेको भनि सम्बन्धितबाट दिएको शिफारिस पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने छ।

(ख) कल्याणकारी कोषबाट वितरण हुने “प्रधान सेनापति छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु (वीरगति तथा कर्तव्यपालनको सिलसिलामा मृत्यु भएका परिवारले यो छात्रवृत्तिको लागी आवेदन दिन नपाउने र बीरगति प्राप्त तथा कर्तव्य पालनको सिलसिलामा मृत्यु भएका परिवारहरुलाई प्रधान सेनापति छात्रवृत्ति" आवेदन दिन पत्राचार भएको समय सीमा भित्र आवेदन दिने भनी जानकारी गराउनु हुन ।)

(ग) रितपूर्वक तथा तोकिएको समयसिमा भित्र आवेदन पेश नगर्ने विद्यार्थीहरु (स्थान विषेशमा आवेदन दिन छुटेका हिताधिकारीहरु) ले तोकेको समय सिमाभित्र सैनिक कल्याणकारी महानिर्देशनालयमा उपस्थित भई कागजातहरु पेश गर्न आएमा छात्रवृत्तिको आवेदन दिन पाउने तर समय सिमा समाप्त भएपछि उक्त हिताधिकारीहरुले आवेदन दिन नपाउने।

(घ) हिताधिकारीहरुको १ (एक) सन्तती हाल Empanelled सम्झौता भएका शैक्षिक संस्थाहरुमा अध्ययनको सुविधा लिएको। (ङ) सेवा अवधिमा बिभिन्न कारणले बर्खासी खाली भई कल्याणकारी पारिवारिक सहुलियतको लागि पट्टा प्राप्त नगरेको व्यक्तिहरुले कल्याणकारी छात्रवृत्तिको लागि आवेदन दिन नपाउने ।

(च) नेपाल भन्दा बाहिर बिदेशी बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु ।

५. निवेदन साथ मनिवार्य रुपमा पेश गर्नुपर्ने कागजातहरु _

बहालवाला तर्फ         अबकास प्राप्त तर्फ
(क) चारित्रिक प्रमाण पत्रको प्रतिलिपी । (क) चारित्रिक प्रमाण पत्रको प्रतिलिपी ।
(ख) अघिल्लो वर्ष (२०७८) को लब्धास पत्रको प्रतिलिपी । (ख) अघिल्लो वर्ष (२०७८) को लब्यात पत्रको प्रतिलिपी।
(ग) जन्म दर्ता प्रमाणपत्र वा नागरिकताको प्रतिलिपी । (ग) जन्म दर्ता प्रमाणपत्र वा नागरिकताको प्रतिलिपी।
(घ) सैनिक परिचय पत्रको प्रतिलिपी (सैनिक परिचय पत्र नबनेको | (घ) पेन्सन पट्टाको प्रतिलिपी (सम्बन्धितको नाम र ईच्चाएको ब्यक्तिको नाम भएको पाना)अबस्थामा युनिटबाट परिचय पत्र नबनेको सिफारिस पत्र)
(ङ) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी । (ङ) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
(च) सम्बन्धित गा.पा./न.पा.बाट नाता प्रमाणित प्रमाणपत्र वा सन्तती विवरण प्रमाणपत्र । (च) सम्बन्धित गा.पा./न.पा.बाट नाता प्रमाणित प्रमाणपत्र वा सन्तती विवरण प्रमाणपत्र ।

नोटः १. माथि उल्लेखित कागजावहरु पेश गर्दा विद्यार्थीहरुको नाम, जन्म मिति, लब्धारु पत्रमा प्राप्ता जस्ता विवरणहरु स्पष्ट रुपमा खुलेको हुनु पर्नेछ ।

छात्रवृत्तिको लागि आवेदन दिन आवश्यक प्रतिशत र GPA खुलेको कक्षा ६ देखि ११ कक्षासम्मको लब्धांक पत्र र चारित्रिक प्रमाणपत्र पेश गर्नु पर्नेछ । (कक्षा ८ उत्तीर्ण भई कक्षा ९ अध्ययनरत तथा SEE परिक्षामा सहभागी भईसकेका बिद्यार्थीहरुको हकमा निवेदनसाथ हाल लब्धाङ पत्र पेश गर्न नसकिने अवस्था भएमा मात्र कक्षा ८ को परिक्षाफल प्रकाशित नभएको र कक्षा ९ मा अध्ययनरत रहेको भनी अभिभावक र बिद्यार्थीको नाम तथा जन्म मिति उल्लेख भएको सम्बन्धित बिद्यालयको सिफारिस पत्र र SEE परिक्षा दिन प्राप्त भएको सिम्बल नं. सहित खुलेको प्रबेश पत्र निवेदनसाथ पेश गर्नु पर्नेछ । साथै, छात्रवृत्तिको रकम लिने समयमा प्रतिशत पुगेको र उत्तिर्ण भएको लब्धान पत्र तथा चारित्रीक प्रमाण पत्रको प्रतिलिपी पेश गर्नु पर्ने र आवश्यक परेको खण्डमा सक्कलै प्रति देखाउनु पर्ने छ।

हाल १२ कक्षामा अध्ययनरत रही कक्षा १२ को परीक्षा संचालन भएतापनि लब्धांक पत्र परिक्षाफल प्रकाशित नभएकोले ११ कक्षा उत्तिर्ण गरी हाल कक्षा १२ मा अध्ययनरत रहेको भनी सम्बन्धित माध्यामिक बिद्यालयको सिफारिस पत्र पेश गर्ने । साथै, छात्रवृत्तिको रकम लिने समयमा १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरुको प्रतिशत पुगेको र उत्तिर्ण गरेको लब्धार पत्र तथा चारित्रीक प्रमाणपत्र तथा आवश्यक परेको खण्डमा सक्कलै प्रति देखाउनु पर्ने छ । विगत द्धन्द्धको समयमा घाईतेको सकलदर्जाको हकमा समारोह संचालन निर्देशनालयको पत्र वा बिगत द्वन्दको घाईते भनी प्रमाणित कागजात, रामेछाप जिल्लामा बागोलागी नियन्त्रणमा खट्टिदा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका र रसुवा जिल्लाको राम्चेको पहिरोमा परी मृत्य भएका सैनिक सकल दर्जाको हकमा परिचय खुल्ने पत्र वा प्रमाणको प्रतिलिपी, धर्म पुत्र/पुत्रीको लागि छात्रवृत्ति आवेदन पेश गर्न सम्बन्धित वडा कार्यालयबाट धर्म पुत्र/पुत्रीको रुपमा ग्रहन गर्नेको नाम, ग्रहन गरेको मिति (साल मात्र उल्लेख भए पनि हुने) र धर्म पुत्र/पुत्रीको नाम खुलेको सिफारिस पत्र तथा २०७२ सालको भूकम्प प्रभावित १४ जिल्लाका बिनासकारी भूकम्पमा परी मृत्यु भएका हिताधिकारीले सम्बन्धित वडा/गाउँपालिका/नगरपालिकाको सिफारिस पत्र, पूर्णरूपमा क्षति भूकम्प पिडित परिचय पत्र र जुम्ल्याह सन्ततीको हकमा सैनिक शिक्षण संस्थामा एक सन्तती सहुलियत र एक सन्तती पूर्ण शुल्कमा अध्ययन गराउन पाउने प्रावधान अनुसार एक सन्तती पूर्ण शुल्कमा अध्ययन गरी रहेको र अर्को सन्ततीले सैनिक शिक्षण संस्थामा सहुलियतमा अध्ययन गरेको छैन भनी महाविद्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नु पर्ने छ ।

Thuprai - Books and E-books