After SEE Portal

MBBS विषयमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यता सूची (Merit List)

Bridge Course

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

छात्रवृत्ति शाखा

केशरमहल, काठमाडौं

प्रकाशित मिति: २०७६/०८/५ 

MBBS विषयमा अध्ययन गर्न आवेदन दिएका उम्मेदवारहरुको योग्यता सूची (Merit List) प्रकाशन तथा दावी विरोधसम्बन्धी जरुरी सूचना 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका त्रिविवि महाराजगञ्ज चिकित्सा क्याम्पस तथा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा १० प्रतिशत र विदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं त्रिविको योग्यताक्रमका आधारमा विदेशबाट प्राप्त हुने स्नातक तहको चिकित्सा शास्त्र MBBS विषयको छात्रवृत्तिमा अध्ययन गर्न जाने प्रयोजनका लागिसमेत इच्छुक योग्यता प्राप्त उम्मेदवारहरूलाई मिति २०७६ कार्तिक ६ गते देखि ऐ २० गतेसम्मको समायवधि दिएर विद्युतीय (Online application) आवेदन दिने सूचना आह्वान गरिएकोमा उक्त अवधिभित्र रीतपूर्वक आवेदन दिएका उम्मेदवारहरूमध्येबाट सम्बन्धित विश्वविद्यालयहरूले वि सं २०७६ सालमा सञ्चालन गरेका प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा तयार गरेको योग्यताक्रमबमोजिम एवम् निजहरूले पेश गरेका कागजातसमेतका आधारमा साधारण तथा आरक्षण समूहको लागि योग्यताक्रम सूची निर्धारण गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेभसाइट http://www.moest.gov.np/ मा प्रकाशन गरिएको छ। सो निर्धारित योग्यताक्रम सूचीउपर कुनै दाबी-विरोध भए प्रमाणसहित उम्मेदवार स्वयंले २०७६ | मङसिर ८ गतेभित्र छात्रवृत्ति शाखा केशरमहलमा स्वयं उपस्थित भई निवेदन दिन अनुरोध गरिन्छ । तोकिएको समयसीमा भित्र नआएका दाबी-विरोध उपर कनै सनवाई हने छैन ।

KU MBBS Merit List 

TU IOM MBBS Merit List 

BPKIHS MBBS Merit List 

Patan MBBS Merit List