After SEE Portal

M.Ed दोस्रो सेमेष्टर परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय

परीक्षा नियन्त्रण महाशाखा, बल्खु, काठमाडौं, नेपाल

स्नातकोत्तर तह दोस्रो सेमेष्टरको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना यस संकाय अन्तर्गत सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तह (खुल्ला तथा दूर सिकाई समेतको) दोस्रो सेमेष्टर (नियमित तथा आंशिक) को २०७६ साल चैत्र दोस्रो सातादेखि संचालन हुने परीक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले यही २०७६ साल फागुन २३ गतेसम्म आ-आफ्नो क्याम्पसमा सम्पर्क गरी परीक्षा आवेदन फाराम भरी बुझाउन हुन सम्बन्धित सबैलाई चित गरिन्छ ।

निर्धारित समयमा परीक्षा आवेदन फाराम नबुझाउने विद्यार्थीहरुले दोब्बर दस्तुर बुझाई २०७६ साल फागुन मसान्तसम्म परीक्षा आवेदन फाराम बुझाउन सक्नेछन् । सबै क्याम्पसहरुले आवेदन फारामवापत संकलित शुल्क एकल दस्तुरको हकमा २०७६ साल फागुन २८ गतेसम्म र दोब्बर दस्तुरको हकमा २०७६ साल चैत्र १ गतेसम्ममा यस संकायको बैंक खातामा जम्मा गरी सक्कल भौचर सहित यस परीक्षा नियन्त्रण महाशाखामा २०७६ साल चैत्र ३ गते सम्ममा आइपुग्ने गरी परीक्षा आवेदन [फाराम पठाउन हुन यो सूचना प्रकाशित गरिएको छ।

पुनश्चः स्नातकोत्तर तह प्रथम व्याच (खुल्ला तथा दूर सिकाई समेत) तथा विज्ञान शिक्षा दोस्रो ब्याच (शैक्षिक सत्र २०७०/०७१ मा भर्ना भएका) का आंशिक परीक्षार्थीहरुको परीक्षा चक्र समाप्त भएकोले परीक्षा फाराम नभर्न/नभराउन सूचित गरिन्छ । यदि समयसीमा नाघेका परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भरी/भराई परीक्षा रद्द भएमा डीन कार्यालय जवाफदेही नहुने व्यहोरा जानकारी गराइन्छ।

सहायक डीन

Thuprai - Books and E-books