CMAT

MBS र MPA चौथोसत्रको मौका परीक्षा फाराम भर्ने सम्बन्धि सूचना : ​त्रिभुवन विश्वविद्यालय

Bachelors Portal

त्रिभुवन विश्वविद्यालय (परीक्षा नियन्त्रण महाशाखा), व्यवस्थापन संकाय, डीनको कार्यालय कीर्तिपुर, काठमाडौं, नेपाल ।

मौका परीक्षाको परीक्षा फाराम भर्ने सूचना

त्रि. वि. ब्यवस्थापन संकायबाट संचालित सिमेष्टर प्रणालीको Master of Business Studies (MBS) तथा Master of Public Administration (MPA) कार्यक्रमको चौथोसत्रको मौका परीक्षा (Chance examination) २०७६ पुस महिनाको पहिलो सातादेखि संचालन हुने भएकोले चौथोसत्रको नियमित परीक्षामा अधिकतम दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थीहरुले मात्र आफू सम्मिलित हुन चाहेको विषयहरु स्पष्ट उल्लेखगरि परीक्षा फर्म सम्बन्धित क्याम्पस / कलेजमा मिति २०७६ । ०८ । २० गते भित्र बुझाई सक्नुपर्नेछ । 

साथै सम्बन्धित क्याम्पस / कलेजले सो परीक्षा फाराम मिति २०७६ । ०८ । २४ गते भित्र क्रमानुसार रोल नं. मिलाई एवं विषय रुजुगरी आवश्यक शूल्क (प्रति परीक्षार्थी प्रति विषय रु ३०० का दरले), यस परीक्षा नियन्त्रण महाशाखाको Website: fomecd.edu.np मा उपलब्ध गराईएको नमुना बमोजिमको समष्टिगत विद्यार्थी विवरण फारम समेत अनिवार्य रुपमा उपलब्ध गराउन यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त समष्टिगत विद्यार्थी विवरण को electronic copy यस महाशाखाको email id: mgmtdean.exam@gmail.com मा समेत उपलब्ध गराईदिनुहुन अनुरोध छ ।

विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको भोलिपल्ट देखि २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु २००।- दोश्रो २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु ४००।- र त्यसपछिको २ दिनसम्म अन्तिमपटक प्रति विद्यार्थी प्रतिसत्र रु १,०००।- रहेको छ। म्यादनाघी वा रीत नपुगी प्राप्त फाराम उपर कुनै कारवाही हुने छैन साथै उक्त परीक्षाको बिस्तृत परीक्षा तालिका पछि प्रकाशित गरिने छ।

Tag:परीक्षा आवेदन फाराम