MBS तथा MPA कार्यक्रमको चौथो तथा दोश्रो सत्र नियमित परीक्षाको परीक्षा फाराम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय

व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा, गाखेल, बल्खुको

MBS तथा MPA कार्यक्रमको चौथो तथा दोश्रो सत्र नियमित परीक्षाको परीक्षा फाराम भर्ने सूचना

प्रथम पटक सूचना प्रकाशित मिति : २०७६ । ०९ । १५ |

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालितMaster of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रममा २०७४ साल (सन् २०१८) मा भर्ना भएका परीक्षार्थीहरुको चौथोसत्रको नियमित र सन् २०१८ अघि भर्नाभई चौथोसत्रको नियमित/मौका परीक्षामा सामेलभै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको चौथोसत्रको नियमित परीक्षा साथै २०७५ साल (सन् २०१९) मा उल्लेखित कार्यक्रममा भर्ना भएका परीक्षार्थीहरुको दोश्रोसत्रको नियमित र सन् २०१९ अघि भर्नाभई दोश्रोसत्रको नियमित परीक्षामा सामेलभै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु (नियमित परीक्षाको आंशिक परीक्षार्थी) समेतको दोश्रोसत्रको नियमित |परीक्षा २०७६ साल फाल्गुण महिनाको चौथो सातादेखि एकैसाथ दिनबिराएर संचालन हुने भएकोले आफू सम्मिलित हुन चाहेको विषयहरु स्पष्ट उल्लेखगरी परीक्षा फर्म सम्बन्धित क्याम्पस/कलेजमा मिति २०७६ । १० । २४ गतेभित्र र सम्बन्धित क्याम्पस / कलेजहरुले उक्त परीक्षा फारम मिति २०७६ । १० । २८ गतेभित्र यस परीक्षा नियन्त्रण महाशाखामा तपशिल बमोजिमको आवश्यक शूल्क सहित अनिवार्य रुपमा उपलब्ध गराउन सम्वन्धित् क्याम्पस / कलेजहरुलाई यो सूचना प्रकाशित गरिएको छ।

तपशिल 

नियमित परीक्षा शुल्कः प्रति विद्यार्थी प्रति सत्र : रु १५००।

आंशिक परीक्षा शूल्कः प्रति विद्यार्थी प्रति विषय : रु ३००।

विलम्ब शुल्क : फाराम भर्ने म्याद सकिएको भोलिपल्ट देखि २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्ररु २००।-, दोश्रो २ दिन सम्म प्रति विद्यार्थी प्रतिसत्र रु ४००।- र त्यसपछिको २ दिनसम्म | अन्तिमपटक प्रति विद्यार्थी प्रतिसत्र रु १,०००/- रहेको छ। |

म्याद नाधी वा रीत नपुगी प्राप्त फाराम उपर कुनै कारवाही हुने छैन साथै उक्त परीक्षाको विस्तृत परीक्षा तालिका पछि प्रकाशित गरिने छ ।

नोटः

(क) चौथोसत्रका नियमित परीक्षार्थीहरुको हकमा तेश्रोसत्रको नियमित परीक्षाको Grade Sheet कोफोटोकपी र आंशिक परीक्षार्थीहरुको हकमा चौथोसत्रको नियमित परीक्षाको Grade Sheet को प्रतिलिपि अनिवार्यरुपमा परीक्षाफारम सँगैं संलग्न गर्नपर्नेछ अन्यथा उक्त परीक्षार्थीको परीक्षाफाराम स्विकृत गरीने छैन ।

(ख) दोश्रोसत्रका नियमित परीक्षार्थीहरुको हकमा प्रथमसत्रको Grade Sheet को फोटोकपी रआंशिक परीक्षार्थीहरुको हकमा दोश्रोसत्रको नियमित परीक्षाको Grade Sheet को प्रतिलिपि अनिवार्यरुपमा परीक्षाफारम सँगै संलग्न गर्नुपर्नेछ अन्यथा उक्त परीक्षार्थीको परीक्षा फारामस्विकृत गरीने छैन।

(ग) परीक्षा फाराममा विषय सच्चाईएको पाईएमा सो परीक्षाफारम रद्द गरिनेछ र सोको जिम्मेवारीस्वयम् विद्यार्थी हुनेछ।

(घ) परीक्षार्थीहरुको आन्तरिक मुल्याकन संकायको Website मा उपलब्ध नमुना बमोजिमकोसमष्टिगत विवरण परीक्षा फाराम संगै संलग्न गरि सो प्राप्ताङ परीक्षा फर्ममा समेत उल्लेखगर्नु पर्नेछ । आन्तरिक मुल्याकन उल्लेख नभएका परीक्षा फाराम स्विकृत गरीने छैन ।

(ङ) परीक्षा फारम यस संकायको परीक्षा नियन्त्रण महाशाखाबाट उपलब्ध हुनेछ अन्यथा www.fomecd.edu.np बाट Download गरि Legal size paper मा print गरि भर्न सकिनेछ।

(च) परीक्षाशुल्क "व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि. वि. कीर्तिपुर" को नेपाल बैंक लिमिटेड,कीर्तिपुर शाखाको च.हि.नं. ०४५-००१-०००९९०६६०००००१ मा जम्मा गरी सोको सक्कल भौचर परीक्षा फाराम संगै संलग्न हुनुपर्नेछ ।

सहायक डीन

परीक्षा नियन्त्रण महाशाखा 

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books