After SEE Portal

शोध प्रस्ताव उपलब्ध गराउने सम्बन्धी सूचना: वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

Bridge Course

नेपाल सरकार 

वन तथा वातावरण मन्त्रालय 

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र

बबरमहल, काठमाण्डौ

शोध प्रस्ताव उपलब्ध गराउने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति. २००५/०९/०७

यस केन्द्रको आ.व. ०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत स्नातकोत्तर तहमा फरेष्ट्री, वनस्पति विज्ञान, वातावरण विज्ञानमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई उच्च पहाडी र हिमाली क्षेत्रमा जलवायु परिवर्तन र रुख वृद्धिको अन्तर सम्बन्ध बारे अध्ययनको शोध कार्यका लागि आर्थिक सहयोग गर्ने भएकोले स्नातकोत्तर तहमा - फरेष्ट्री, वनस्पति विज्ञान, वातावरण विज्ञानमा अध्ययनरत ईच्छुक विद्यार्थीहरुबाट प्रस्ताव पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । 

सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र शोधकर्ताहरुले आफ्नो प्रस्ताव info@frtc.gov.np, dhakal.bishnu1@nepal.gov.np मा पठाउनु पर्नेछ । समय सीमा भित्र प्राप्त भएका शोध प्रस्तावहरु केन्द्रले तय गरेको Criteria अनुसार short listing गरी Presentation पश्चात शोधकर्ताको छनौट गरिनेछ । 

शोधपत्र र Presentation को ढाँचा यस केन्द्रको website http://www.frtc.gov.np/ वाट download गर्न सकिनेछ । 

थप जानकारीका लागी विष्णुप्रसाद ढकाल (फोन नं . ४२२०४८२, extension 313) मा सम्पर्क गर्न सकिनेछ ।

Thuprai - Books and E-books