A Levels MA

पोखरा विश्वविद्यालय: Master तथा MPhil तहको छात्रवृत्तिको नतिजा प्रकाशन सम्बन्धी सूचना

यस मानविकी तथा सामाजिकशास्त्र संकायले Master in Population, Gender and Development (MPGD), MA in English र MPhil in English कार्यक्रमहरूका लागि छात्रबृत्तिमा अध्ययनका लागि मिति २०७६।५।११ (28 August 2019) मा लिएको प्रवेश परीक्षाको मिति २०७६।५।१२ गते प्रकाशित Merit list का आधारमा पोखरा विश्वविद्यालय छात्रबृत्ति सम्बन्धी नियमावली, २०६५ को नियम ४ (१), (२), (३), (४), (५) र (७) अनुसारको संलग्न बमोजिमको First list of Scholarship offer सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकासन गरिएको छ।

सफल उमेदवारहरूले मिति २०७६ भदौ २० गते शुक्रबार (Friday, 6 September 2019) छात्रबृत्तिको पत्र बुझ्नकालागि मानविकी तथा सामाजिकशास्त्र संकाय, पोखरा विश्वविद्यालय, पोखरा ३०, ढुङ्गेपाटन, कास्कीमा सम्पर्क गर्ने र सोहि दिन १:०० बजे देखि ३ बजे सम्म आयोजना गरिने अभिमुखिकरण (Orientation) कार्यक्रममा अनिवार्य सहभागि हुनका लागि सूचना गरिन्छ ।

साथै छात्रबृत्तिको पत्र बुझ्ने उमेदवारहरूले मिति २०७६ भदौ २७ गते शुक्रबार (Friday, 13 September 2019) भित्र सम्बन्धित स्कूल (महाविद्यालय) / कलेजमा आवश्यक प्रमाणपत्र र सक्कल माइग्रेसन सर्टिफिकेट सहित लाग्ने धरौटी शुल्क बुझाइ नियमानुसार भर्ना भइसक्नु पर्ने समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ।

 

Thuprai - Books and E-books