After SEE Portal

कानुन सङ्काय तर्फको ३ वर्षे एल. एल. बी. दोस्रो वर्षको परीक्षा तालिका सम्बन्धि सूचना

Bridge Course
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने कानुन सङ्काय तर्फको ३ वर्षे एल. एल. बी. दोस्रो वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
परीक्षा समयः बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म 
 

Date

Subjects/Code No.

2076/12/14

Law 422 Public International Law

2076/12/16

Law 423 Property Law

2076/12/17

Law 430 Environmental Law

2076/12/18

Law 424 Methods of Legal Research and Writing

2076/12/19

Law 426 Evidence Law

2076/12/20

Law 431 Refugee Law

2076/12/21

Law 427 Labour Law

2076/12/23

Law 421 Criminal Law

2076/12/24

Law 429 International Air and Space Law

2076/12/25

Law 433 Gender and Inclusive Justice

2076/12/26

Law 428 Election Law

2076/12/27

Law 432 Criminology

2076/12/28

Law 434 Law of Insurance

 
 
यसै कार्यक्रमानुसार ३ वर्षे एल. एल. बी. दोस्रो वर्षका नियमित परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि सम्बन्धित क्याम्पसले दोव्वर दस्तुर सहित २०७६ फागुन २८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरूले २०७६ फागुन २९ र ३० गते भित्र आवश्यक प्रक्रिया पुरा गरी परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरिएको छ ।
 
द्रष्टव्यः
 
१.  उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
 
२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
 
३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
 
४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 
 
५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिएर मात्र प्रयोग गर्नुपर्नेछ । 
 
६. परीक्षा केन्द्रहरूले सैद्धान्तिक परीक्षा सकिएको एक हप्ता भित्र (काठमाण्डौ उपत्मका बाहेक) उत्तरपुस्तिकाहरू र हाजिरी बिबरण तथा एक महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उत्तरपुस्तिकाहरू तथा हाजिरी बिबरण अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 
 
७. परीक्षा भवनभित्र मोबाइल फोन, स्मार्ट वाच, व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरू साथमा लिई जान पाइनेछैन । 
    अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ । 
 
८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरू तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरूमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 
 
९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।
 
१०. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत : रद्द हुनेछ ।
 
मिति : २०७६ फागुन ७ गते
 
परीक्षा नियन्त्रक
Tag:परीक्षा तालिका
Thuprai - Books and E-books