After SEE Portal

नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) को आवेदन फाराम खुलेको सम्बन्धी सूचना

Bridge Course

नेपाल मेडिकल काउन्सिलको 

चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) को

आवेदन फाराम खुलेको सम्बन्धी 

अत्यन्त जरूरी सूचना !

(२०७६।०७।०६) 

नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालन हुने २०७६ सालको दोस्रो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) पूर्व प्रकाशित परीक्षाको वार्षिक क्यालेण्डर अनुसार २०७६ मंसिर २१ (7th December, 2019) गते हुन गइरहेकाले परीक्षामा सहभागी हुन २०७६ कार्तिक ७ गतेदेखि अनलाईन आवेदन फाराम खुलेको जानकारी गराइन्छ । 

फाराम भर्नका लागि https://exam.nmc.org.np/ खोली त्यसमा दिइएको निर्दशन (Instruction) बमोजिम Online Form Submission गर्नहुन अनुरोध गरिन्छ । Online बाहेक अन्य कुनै पनि माध्यमबाट परीक्षाको आवेदन फाराम बुझाउन पाइने छैन । फाराम २०७६ कार्तिक ७ गतेदेखि मंसिर ६ गते (24th October-22nd November, 2019) सम्म बुझाउनु पर्नेछ। 

२०७६ मंसिर ७ र ८ (23-24 November, 2019) गते विलम्ब शुल्कसहित फाराम भर्न सकिने व्यवस्था गरिएको छ । सार्वजनिक विदाको दिनमा कार्यालय बन्द रहेता पनि अनलाईन मार्फत आवेदन फाराम भर्न सकिनेछ। 

थप अन्य प्रशासनिक तथा विस्तृत जानकारीका लागि (सार्वजनिक विदाको दिनबाहेक) काउन्सिलमा कार्यालय समयभित्र सम्पर्क गर्नहुन जानकारी गराइन्छ। साथै काउन्सिलको वेबसाइट https://nmc.org.np/ मा समयसमयमा प्रकाशित परीक्षासम्बन्धी सूचनाहरू हेर्नहुनसमेत अनुरोध गरिन्छ।

नेपाल मेडिकल काउन्सिल

परीक्षा समिति 

फोन नं. ४३७७१६४/४३७१९५४ 

ईमेल : nmc@nmc.org.np