After SEE Portal

पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री बिक्री वितरणका लागि सूचीकृत हुन आव्हान

Bridge Course

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री बिक्री वितरणका लागि सूचीकृत हुन सूचना जारी गरेको छ ।

केन्द्रले शैक्षिक सत्र २०८१ का लागि निजी क्षेत्रका वितरकहरूबाट बिक्री वितरण गराउने प्रयोजनका लागि यो सूचना जारी गरेको हो ।

इच्छुक वितरकहरूलाई नवीकरण तथा सूचीकृत हुनका लागि सम्पर्क गर्न यो सूचना प्रकाशित गरेको छ ।

केन्द्रले पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरण निर्देशिका, २०७० बमोजिम सूचीकृत हुन सूचनामा निर्देशन दिएको छ ।

 संस्था, फर्म वा कम्पनी दर्ता नवीकरणको प्रतिलिपि, आव २०७९र०८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, बिक्रेता नियुक्ति पत्रको प्रतिलिपि,

सूचीकृत हुनका लागि संस्था, फर्म वा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र तिनका नवीकरणको प्रतिलिपि, आयकर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्रको प्रतिलिपि, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको बिक्री वितरण गरिने जिल्ला तथा पालिकाको विवरण, आ।व। २०७९र०८० को कर चुक्ता प्रमाण(पत्रको प्रतिलिपि ।

९ग० निजी वितरकबाट पेस हुने कागजातहरूको आधारमा मूल्याङ्कन गरी वितरकको सूचीमा समावेश गरिनेछ। यस सूचनामा नपरेका कुराहरू पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरण निर्देशिका २०७० (छैटौं संशोधन, २०७१) र प्रचलित ऐन नियमानुसार हुने सूचनामा उल्लेख छ ।

Thuprai - Books and E-books