स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना
सि.नं. |
परीक्षा केन्द्र |
परीक्षा आवेदन फारम प्राप्त हुने स्थान |
सि.नं. |
परीक्षा केन्द्र |
परीक्षा आवेदन फारम प्राप्त हुने स्थान |
१. |
इलाम |
महेन्द्ररत्न ब. क्याम्पस, इलाम |
२. |
भद्रपुर |
मेची ब. क्याम्पस, भद्रपुर |
३. |
धरान |
महेन्द्र ब. क्याम्पस, धरान |
४. |
धनकुटा |
धनकुटा ब. क्याम्पस, धनकुटा |
५. |
भोजपुर |
भोजपुर ब. क्याम्पस, भोजपुर |
६. |
विराटनगर |
म.मो.आ.ब. क्याम्पस, विराटनगर |
७. |
राजविराज |
महेन्द्र विन्देश्वरी ब. क्याम्पस, राजविराज |
८. |
जनकपुर |
रामस्वरुप रामसागर ब. क्याम्पस, जनकपुर |
९. |
पोखरा |
पृथ्वीनारायण क्याम्पस, पोखरा |
१०. |
भरतपुर |
वीरेन्द्र ब. क्याम्पस, भरतपुर |
११. |
पाल्पा |
त्रिभुवन ब. क्याम्पस, पाल्पा |
१२. |
बाग्लुङ्ग |
धवलागिरी ब. क्याम्पस, बाग्लुङ्ग |
१३. |
नेपालगञ्ज |
महेन्द्र ब. क्याम्पस, नेपालगञ्ज |
१४. |
भैरहवा |
भैरहवा ब. क्याम्पस, भैरहवा |
१५. |
डोटी |
डोटी ब. क्याम्पस, डोटी |
१६. |
दाङ |
महेन्द्र ब. क्याम्पस, दाङ |
१७. |
महेन्द्रनगर |
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर |
१८. |
काठमाण्डौ |
परीक्षा नियन्त्रण कार्यालय, बल्खु |
६. परीक्षा शुल्क
क्र. सं. |
शीर्षक |
शुल्क |
क. |
क्याम्पसका नियमित तथा आंशिक परीक्षार्थीका लागि प्रति खण्ड शुल्क |
रू. ४७०।– |
ख. |
प्राइभेट परीक्षार्थीका लागि प्रति खण्ड शुल्क |
रु. ९००÷— |
ग. |
क्याम्पस र प्राइभेटका मौका परीक्षार्थीका लागि प्रति खण्ड शुल्क |
रू.१०००।– |
घ. |
परीक्षा आवेदन फारम शुल्क |
रू. ६०।– |
ङ. |
परीक्षा केन्द्र शुल्क प्रति खण्ड |
रू. १००।– |
च. |
प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क |
रू. १५०।– |
छ. |
प्रयोगात्मक परीक्षा दुई वा सो भन्दा बढी विषयका लागि |
रू. २७५।– |
ज. |
फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क |
रू. २७५।– |
झ. |
शिक्षण अभ्यास शुल्क (३ वर्षे वी. एड. का लागि) शुल्क (शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयमा रू. २२५।— र त्रि. वि. प. नि. का. बल्खुमा रू.५०।—) |
रू. २७५।– |
७. परीक्षा शुल्क बुझाउने सम्बन्धमा :
क. काठमाण्डौ उपत्यका भित्र तथा बाहिरका क्याम्पस र प्राइभेट परीक्षार्थीहरूको परीक्षा शुल्क त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयको ने. बैं. लि. एक्सटेन्सन काउन्टर (Extension counter) बल्खुको आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू जम्मा गरेको बैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ साथै प्राइभेट तर्फका पुरा तथा आंशिक परीक्षार्थीले परीक्षा शुल्क त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा रहेको एक्सटेन्सन काउन्टरबाट मात्र नगद दाखिला गरी परीक्षा फारम बुझउनु पर्नेछ ।
ख. क्षे. प. नि. का. विराटनगर क्षेत्रका क्याम्पस र प्राइभेट परीक्षार्थीहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि. वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च. हि. नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डा शाखा, विराटनगरमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ग. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय नेपालगञ्ज क्षेत्रका क्याम्पसका नियमित र प्राइभेट परीक्षार्थीहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि. वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च. हि. नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
घ. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय पोखरा क्षेत्रका क्याम्पसका नियमित र प्राइभेट परीक्षार्थीहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क त्रि. वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च. हि. नं. ०९१००१०११०१३४००००००१ नेपाल बैंक लिमिटेड बगर शाखा, पोखरामा रकम वुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्नेछ ।
ङ. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाको हकमा क्याम्पसका नियमित र प्राइभेट परीक्षार्थीहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क काठमाण्डौ त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय वल्खु परीसरमा रहेको नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू नगद जम्मा गरी बैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।
८. समयावधि थप सम्बन्धमा :
२०६५ पौष १४ गते बसेको त्रि. वि सभाको बैठकबाट पारित भए बमोजिम कुनै परीक्षार्थी दृष्टिविहिन, सुस्त मनस्थिति भएका वा हात सम्बन्धी गम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारिक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणितपत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सोभन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।
द्रष्टब्य :
१. एयर डकुमेन्ट, हुलाक वा कुरीयरद्वारा पठाइएका फारमहरू यस कार्यालयले कुनै पनि हालतमा बुझ्ने छैन ।
२. त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को वुँदा नं.२१७ अनुसार जुन परीक्षामा सम्मिलत हुने हो सो परीक्षाको लागि योग्य ठहरिएका विद्यार्थीलाई मात्र परीक्षार्थीको रुपमा परीक्षा फारम भराउनु पर्नेछ । अयोग्य परीक्षर्थीलाई परीक्षा फारम भराएमा त्यस्तो फारम भराउने पदाधिकारी, कर्मचारीलाई विभागीय कारबाही हुनेछ ।
यो सूचना त्रि. वि परीक्षा नियन्त्रण कार्यालयको website: www.tuexam.edu.np मा हेर्न सकिन्छ ।
(मितिः २०७६ माघ १७ गते)
परीक्षा नियन्त्रक