A Levels MA

कक्षा ११ को पुनर्योगको नतिजा प्रकाशन सम्बन्धि सूचना

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७६ साल असोज ७ गते प्रकाशित कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीहरुको उत्तरपुस्तिका पुनर्योग गर्दा निम्नानुसारका सिम्बोल नम्बर भएका परीक्षार्थीहरुको नतिजामा परिवर्तन भएकोले राष्ट्रिय परीक्षा बोर्डको मिति २०७६/०७/२९ गतेको निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ । 

पुनर्योगबाट परिवर्तन भएका ग्रेडसिट/मार्कसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन पश्चात् सक्कल ग्रेडसिट÷मार्कसिट सहित यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ । पुनर्योगको नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००।–) बुझाई राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ । 

डाउनलोड गर्नुहोस्:

कक्षा ११ को पुनर्योग नतिजा.pdf

Thuprai - Books and E-books