After SEE Portal

महानगरस्तरीय आधारभूत तह परीक्षाको समय तालिका सम्बन्धि सूचना

Bridge Course

काठमाडौं महानगरपालिका शिक्षा विभाग, ताहाचल, काठमाडौंको

परीक्षाको समय तालिका सम्बन्धि सूचना

२०७६ को महानगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा व्यवस्थापन समितिको बैठकको मिति २०७६/०९/१७ निर्णय अनुसार २०७६ सालको महानगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा देहाय बमोजिमको कार्यतालिका अनुसार सञ्चालन गर्ने गराउने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा सञ्चालन समय : दिनको १:०० बजे देखि

क्र. स. मिति विषय
२०७६/१२/०६ गते विहीवार अनिवार्य अंग्रेजी
२०७६/१२/०७ गते शक्रवार अनिवार्य नेपाली/ऐच्छिक अंग्रेजी
३  २०७६/१२/०९ गते आइतवार अनिवार्य गणित
४  २०७६/१२/१० गते सोमबार सामाजिक अध्ययन र जनसंख्या शिक्षा
५  २०७६/१२/१२ गते बधवार विज्ञान तथा वातावरण
६  २०७६/१२/१३ गते विहीवार क) नैतिक शिक्षा ख) स्वास्थ्य तथा शारीरिक शिक्षा
७  २०७६/१२/१४ गते शुक्रवार पेशा, व्यवसाय तथा प्रविधि शिक्षा
८  २०७६/१२/१६ गते आइतवार मातभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय

नोट : संस्कृत, वेद विद्याश्रम र अन्य धार्मिक प्रकृतिका विद्यालयहरुले अनिवार्य विषयहरु माथि तालिकामा उल्लेख भए वमोजिम र अन्य विषयहरु मिति २०७६/१२/१८ गतेसम्म प्रत्येक दिन १०० पूर्णाङमा नबढ्ने गरी विद्यालय आफैले विषयहरु एकीन गरी परीक्षा लिने व्यवस्था गर्ने । साथै चैत्र १८ गते संचालन हुने विषयको परीक्षाको प्रश्नपत्र विद्यालय स्वयंले निर्माण गरी परीक्षा सञ्चालन गर्ने ।

ध्यान दिनुपर्ने कुराहरुः

१ कुनै आकस्मिक विदा पर्न गएमा काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्व सूचना विना परीक्षास्थगित हुने छैन।

२.तोकिएको तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन ।

३.प्रवेश पत्र विद्यालयले अनलाईन सफट्वेयरवाट प्रिन्ट र प्रमाणित गरी परीक्षार्थीहरुलाई वितरण गर्नुपर्ने छ

४. प्रयोगात्मक परीक्षाको प्रश्नपत्र विद्यालयले निर्माण गरी परीक्षा संचालन गरी सोको प्राप्ताङ्क अनलाईनसफट्वेयरमा अनिवार्य रुपमा मिति २०७६/१२/२० गते भित्र इन्ट्री गरी पठाउनुपर्ने छ।

तारापति खरेल

निमित्त शिक्षा अधिकारी

Tag:परीक्षा तालिका
Thuprai - Books and E-books