काठमाडौं महानगरपालिका शिक्षा विभाग, ताहाचल, काठमाडौंको
परीक्षाको समय तालिका सम्बन्धि सूचना
२०७६ को महानगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा व्यवस्थापन समितिको बैठकको मिति २०७६/०९/१७ निर्णय अनुसार २०७६ सालको महानगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा देहाय बमोजिमको कार्यतालिका अनुसार सञ्चालन गर्ने गराउने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
परीक्षा सञ्चालन समय : दिनको १:०० बजे देखि
क्र. स. | मिति | विषय |
१ | २०७६/१२/०६ गते विहीवार | अनिवार्य अंग्रेजी |
२ | २०७६/१२/०७ गते शक्रवार | अनिवार्य नेपाली/ऐच्छिक अंग्रेजी |
३ | २०७६/१२/०९ गते आइतवार | अनिवार्य गणित |
४ | २०७६/१२/१० गते सोमबार | सामाजिक अध्ययन र जनसंख्या शिक्षा |
५ | २०७६/१२/१२ गते बधवार | विज्ञान तथा वातावरण |
६ | २०७६/१२/१३ गते विहीवार | क) नैतिक शिक्षा ख) स्वास्थ्य तथा शारीरिक शिक्षा |
७ | २०७६/१२/१४ गते शुक्रवार | पेशा, व्यवसाय तथा प्रविधि शिक्षा |
८ | २०७६/१२/१६ गते आइतवार | मातभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय |
नोट : संस्कृत, वेद विद्याश्रम र अन्य धार्मिक प्रकृतिका विद्यालयहरुले अनिवार्य विषयहरु माथि तालिकामा उल्लेख भए वमोजिम र अन्य विषयहरु मिति २०७६/१२/१८ गतेसम्म प्रत्येक दिन १०० पूर्णाङमा नबढ्ने गरी विद्यालय आफैले विषयहरु एकीन गरी परीक्षा लिने व्यवस्था गर्ने । साथै चैत्र १८ गते संचालन हुने विषयको परीक्षाको प्रश्नपत्र विद्यालय स्वयंले निर्माण गरी परीक्षा सञ्चालन गर्ने ।
ध्यान दिनुपर्ने कुराहरुः
१ कुनै आकस्मिक विदा पर्न गएमा काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्व सूचना विना परीक्षास्थगित हुने छैन।
२.तोकिएको तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन ।
३.प्रवेश पत्र विद्यालयले अनलाईन सफट्वेयरवाट प्रिन्ट र प्रमाणित गरी परीक्षार्थीहरुलाई वितरण गर्नुपर्ने छ
४. प्रयोगात्मक परीक्षाको प्रश्नपत्र विद्यालयले निर्माण गरी परीक्षा संचालन गरी सोको प्राप्ताङ्क अनलाईनसफट्वेयरमा अनिवार्य रुपमा मिति २०७६/१२/२० गते भित्र इन्ट्री गरी पठाउनुपर्ने छ।
तारापति खरेल
निमित्त शिक्षा अधिकारी