२०७६ सालको कक्षा ११ को ग्रेड वद्धि (पुरक) परीक्षा सञ्चालन सम्बन्धी सूचना

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुर

२०७६ सालको कक्षा ११ को ग्रेड वद्धि (परक) परीक्षा सञ्चालन सम्बन्धी सूचना 

राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख/जेठ महिनामा सञ्चालन भएको कक्षा ११ को परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७ भएका) भई तपसिलमा उल्लिखित मापदण्ड परा गरेका परीक्षार्थीहरूलाई बढीमा दई विषयमा मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको हुँदा त्यस्ता परीक्षार्थीहरूले सम्बन्धित विद्यालयका प्रधानाध्यापक/प्राचार्यबाट प्रमाणित गराई निम्न बमोजिमका कार्यालयहरुमा विद्यालय मार्फत् मिति २०७६ कार्तिक १८ गतेभित्र रकम बुझाई मिति २०७६ कार्तिक २२ गतेसम्म परीक्षा आवेदन फाराम बुझाउनु हुन सूचित गरिन्छ। 

तपसिल 

(क) ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने आधारहरू : 

१. अन्य सबै विषयमा C+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा Cवा D+ ग्रेड प्राप्त गरेका परीक्षार्थीले उक्त दुई विषयमा वा ती दुई मध्ये कुनै एक विषयमा ग्रेड वृद्धि (पूरक) परीक्षा दिन सक्नेछन्। 

२. अन्य सबै विषयमा D+ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा D वा E ग्रेड प्राप्त गर्ने वा अनुपस्थित ___(Absent) भएका परीक्षार्थीले उक्त दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन् । 

३. परीक्षाफल रद्द भएका परीक्षार्थीहरू ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् । ४, ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको परीक्षा आवेदन फाराम शुल्क प्रति विद्यार्थी रु. ६००(छ सय मात्र) का दरले हुने रकमको बैंक भौचर मिति २०७६ कार्तिक १८ गतेभित्रको हुनु पर्नेछ । उल्लिखित म्यादभित्र परीक्षा शुल्क बापतको रकम बुझाउन छुट भएका परीक्षार्थीहरूले मिति २०७६ कार्तिक २० गतेभित्र विलम्ब शुल्क सहितको रकम रु. १,२००/- (एक हजार दुईसय) बुझाई मिति २०७६ कार्तिक २२ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाउनु पर्नेछ। 

५. परीक्षा आवेदन फाराम साथ कक्षा ११ को ग्रेड सिटको प्रतिलिपि वा website बाट डाउनलोड गरेको कक्षा ११ को ग्रेडसिट/लेजर संलग्न गर्नु पर्नेछ। 

(ख) फाराम बुझाउने सम्बन्धित कार्यालयहरू : 

१. ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा

बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, विराटनगर, मोरङ। 

२. खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिरहा र सप्तरी जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय लाहान, सिरहा। 

३. सिन्धुली, धनुषा, महोत्तरी र सर्लाही जिल्लाका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, जनकपुर, धनुषा।

४. चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय हेटौंडा, मकवानपुर । 

५. रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लाका विद्यालयका ____ परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, सिनामंगल, काठमाडौं। 

६. गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, पोखरा, कास्की। गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवल, रूपन्देही। 

८. प्युठान, रोल्पा, रुकुम, सल्यान, र दाङ जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय घोराही, दाङ। 

९. बाँके र बर्दिया जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय कोहलपुर, बाँके। 

१०. दैलेख, जाजरकोट, सुर्खेत, मग, हुम्ला, जुम्ला, कालीकोट, र डोल्पा जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत । 

११. कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, धनगढी, कैलाली। 

१२. बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका विद्यालयका परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, शाखा कार्यालय डडेल्धरा।

पुनश्चः

राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूले समेत यसै सूचनालाई आधार मानी आ-आफ्नो क्षेत्रभित्रका विद्यालयहरूलाई माथि उल्लेख गरे बमोजिम गरी/गराई परीक्षा आवेदन फारामको कम्प्युटर प्रविष्टि सम्बन्धी कार्य सम्पन्न गरी मिति २०७६ कार्तिक २५ गतेभित्र परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) सानोठिमीमा जानकारी गराउनु हुन अनुरोध छ।

- परीक्षा नियन्त्रक मिति : २०७६/०६/०७

 

Thuprai - Books and E-books