After SEE Portal

कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना

Bridge Course

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुर

कक्षा ११ र १२ का नियमित, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीहरूको (साधारण, संस्कृत तथा प्राविधिक समूह)परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना

सम्बन्धनप्राप्त माध्यमिक विद्यालय/क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययन गरी २०७७ साल वैशाख महिनामा सञ्चालन गरिने वार्षिक परीक्षामा सहभागी हुने नियमित, ग्रेडवृद्धि (C वा सोभन्दा तलको ग्रेड प्राप्त गरेका विषयमा ग्रेडवृद्धि परीक्षा दिन चाहने परीक्षार्थीहरूका लागि) र आंशिकतर्फ रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा बढी भएका (रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७०२ ७१ भएका परीक्षार्थीहरूलाई अन्तिम एक पटक) परीक्षार्थीहरूलाई २०७६ साल पुष १५ देखि २०७६ साल माघ १५ सम्म र सो समयभित्र परीक्षा आवेदन फाराम भर्न छुट भएका परीक्षार्थीहरूले २०७६ माघ २४ गतेसम्म विलम्ब शुल्कसहित राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी सम्बन्धित विद्यालय/क्याम्पसमार्फत २०७६ माघ मसान्तभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन पेस गर्नुहुन सबैलाई सूचित गरिएको छ ।

१. परीक्षा आवेदन शुल्क (विलम्ब शुल्करहित) प्रति विद्यार्थी प्रति कक्षा रु.६००।- (छ सय) र विलम्ब शुल्कसहित प्रति विद्यार्थी प्रति कक्षा रु.१२००/(एक हजार दुई सय) राष्ट्रिय परीक्षा बोर्डको नाममा बुझाउनु पर्नेछ । प्रयोगात्मक परीक्षा हुने विषयका लागि प्रति विद्यार्थी प्रति विषय रु.७५/(पचहत्तर) थप बुझाउनु पर्नेछ । बुदा न. ६ मा उल्लेखित विषयहरूको प्रयोगात्मक शुल्क विद्यालयहरूले राखी विद्यालयहरूबाटै आन्तरिक र बाह्य परीक्षकलाई पारिश्रमिक भुक्तानीको व्यवस्था मिलाउनु पर्नेछ । बुंदा न. ७ मा उल्लेखित विषयहरूको हकमा प्रति विषय प्रयोगात्मक शुल्क रु.७५/- (पचहत्तर) मध्ये रु.२५/- (पच्चीस) का दरले हुने रकम सम्बन्धित विद्यालयमा नै राखी आन्तरिक परीक्षकको पारिश्रमिकवापत उपलब्ध गराउनु पर्नेछ भने बाँकी रु.५०/- (पचास) का दरले हुने रकमको बैक भौचर वा ड्राफ्ट राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयमा २०७६ माघ मसान्तभित्र बुझाउनु पर्ने छ । तोकिएको मितिपछि काटिएका भौचर, प्राप्त रसिद र बुझाइएका फारामहरू स्वीकृत गरिने छैन ।

२. परीक्षा आवेदन शुल्कवापतको रकम राष्ट्रिय परीक्षा बोर्डको नामको बैंक भौचर २०७६ माघ १५ गतेभित्रको हुनुपर्ने र विलम्ब शुल्कसहितको परीक्षाआवेदन शुल्कको राष्ट्रिय परीक्षा बोर्डको नामको बैंक भौचर २०७६ माघ २४ गतेभित्रको हुनु पर्नेछ ।

३. जुन अवधि र प्रयोजनका लागि रकम दाखिला गर्न भनिएको हो सो अवधि भित्रको बैक भौचर वा ड्राफ्ट सोही प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ। सोभन्दा फरक मितिको बैक भौचर वा ड्राफ्ट स्वीकार गरिने छैन ।

४ विद्यालयले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम पठाउँदा साल र रजिष्ट्रेशन नम्बरको आधारमा क्रमाङ्क मिलाई पठाउनु पर्नेछ।

५. नियमित, ग्रेडवृद्धि र आंशिक तीनवटै समूहका विद्यार्थीहरूले तोकिएकै परीक्षा केन्द्रबाटै परीक्षा दिनु पर्नेछ । परीक्षा केन्द्र परिवर्तन हुने छैन ।

६. प्रयोगात्मक परीक्षा हुने (Geography (119/219)XI/XII, Instructional Pedagogy (137) XI, Health & Physical Education (145/245)XI/XII, Population Education (147/247) XI/XII, Dance (151/251) XI/XII, Music (155/255) XI/XII, Home Science (165) XI, Sociology (173/273) XI/XII, Human Value Education (191/291) XI/XII. Library & Information Science (199) XI, Rural Development (303/603) XI/XII, Environmental Education (309/609) XI/XII, Jyotish (313) XI, Veda (319/619) XI/ XII, Sculpture (325/625) XI/XII, Painting (327/627) XI/XII, Applied Arts (331/631) XI/XII, Classical Tabala (636) XII, Classical Vocal (637) XII, Folk Music Vocal (639) XII, Folk Music Instrument (641) XII, Sports Science (367/667) XI/XII Legal Drafting (669) XII, Marketing (911) XII, Primary Education (915) XII, Practicum (920) XII, (Practice Teaching, Case Study XII), Special Need Education (935) XII, Food & Nutrition (941) XII, Classical instrument Flute (953) XII विषयहरुको प्रयोगात्मक परीक्षा सम्बन्धित विद्यालयले राष्ट्रिय परीक्षा बोर्डबाट उपलब्ध गराइएको निर्देशिकाअनसार २०७६ चत्र २० गतामत्र सञ्चालन गरी/गराई २०७७ वैशाख १५ भित्र विद्यार्थीको नाम र रजिष्ट्रेशन नम्बरअनुसार प्राप्ताङ्क राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ । तत्पश्चात् प्राप्त हुने प्राप्ताङ्कउपर कुनै कारबाही हुने छैन ।

७ विज्ञान विषय समूहतर्फका Physics (111/211) XI/XII, Chemistry (113/213) XI/XII, Biology (115/215) XI/XII, Computer Science (131/231) XI/XII, Agriculture (179/279) XI/XII, वाणिज्य विषय समूहतर्फका Hotel Management (171/271) XI/XII, Travel and Tourism (175/275) XI/XII, विज्ञान शिक्षा विषय समूहतर्फका Physics Education (193) XI, Biology Education (195) XI.General Science (929) XII, Chemistry Education (943)XII र मानविकी विषय समूहतर्फका Mass Communication (163/263) XI/XII, र प्राविधिक विषय समूहतर्फ Animal Science (349/649/351/651/353/653) XI/XII, Plant Science (343/643/345/645/34 7/647) XI/XII, Computer Engineering (355/655/357/657) XI/XII, Civil Engineering (359/659/361/661) XI/XII. Electrical Engineering (363/663/365/665) XI/XII, Classical Music (Technical) (379/679), Nepali Folk Music (Technical) (381/681), Western Music (Technical) (383/683), Opt. Music-Vocal (Technical) (385/685), Opt. Music-Instrument (Technical) (387/687), Opt. Music-Dance (Technical) (389/689) का विषयहरूको प्रयोगात्मक परीक्षा २०७७ वैशाख ७ गतेभित्र सम्पन्न गरी सो परीक्षाको प्राप्ताङ्क सम्बन्धित कार्यालयमा २०७७ वैशाख मसान्तभित्र अनिवार्य रूपमा उपलब्ध गराइसक्नु पर्नेछ । यस परीक्षाको लागि आन्तरिक परीक्षक सम्बन्धित विद्यालयले व्यवस्था गर्नेछ र बाह्य परीक्षक बोर्डका सम्बन्धित कार्यालयबाट नियुक्त गरिने छ । उक्त परीक्षाको समयतालिका सम्बन्धमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकले राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयसँग समन्वय गरी २०७६ फागुन मसान्तभित्र तय |गर्नुपर्नेछ । तोकिएको समयभित्र प्राप्त नभएका प्राप्ताङ्कउपर कुनै कारवाही गरिने छैन ।

८. ग्रेडवृद्धि र आशिक परीक्षार्थीको रूपमा सहभागी हुने परीक्षार्थीहरूले आफू कक्षा १२ को नियमित परीक्षामा जुन विद्यालयबाट आवेदन फाराम भरी परीक्षादिएको हो सोही विद्यालयबाट मात्र आवेदन फाराम भर्नु/भराउनु पर्नेछ । अन्य विद्यालयबाट भरे।भराएको पाइएमा उक्त परीक्षा आवेदन फाराम रद्ध गरिनेछ ।

९. कक्षा ११ र १२ वा दुबै कक्षाका प्रयोगात्मक परीक्षा मात्र बाँकी भएका परीक्षार्थीहरूले समेत अनिवार्य रूपमा परीक्षा आवेदन फाराम भरी बुदा न.१मा उल्लेख गरेअनुसारको शुल्क बुझाउनु पर्नेछ ।

१०. राष्ट्रिय परीक्षा बोर्डका कार्यालयहरूले आ-आफ्नो क्षेत्रभित्रका विद्यालय/क्याम्पसहरूलाई सूचनाको जानकारी गराई यसै सूचनाअनुसार कार्य सम्पादन गर्नु/गराउनुहुन जानकारी गराइन्छ।

परीक्षा आवेदन फाराम र प्रयोगात्मक परीक्षाका प्राप्ताङ्क बुझाउने कार्यालयहरू

मिति : २०७६/०९/१५

परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम