CMAT

परीक्षा आवेदन फाराम बुझाउने म्याद थप सम्बन्धी सूचना : राष्ट्रिय परीक्षा बोर्ड

Bachelors Portal

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको

परीक्षा आवेदन फाराम बुझाउने म्याद थप सम्बन्धी सूचना !

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७७ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ र ११ को वार्षिक परीक्षाको परीक्षा आवेदन फाराम बुझाउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डद्वारा पूर्व प्रकाशित सूचनाअनुसार परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले २०७६ माघ मसान्तभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा परीक्षा आवेदन फाराम बुझाउन सूचित गरिएकोमा उक्त समयमा फाराम बुझाउन/भर्न छुट भएका विद्यालय/विद्यार्थीहरूका लागि बोर्डको मिति २०७६ माघ २८ गतेको निर्णयानुसार मिति २०७६ साल फागुन ६ गतेभित्र बिलम्ब शुल्क (प्रतिविद्यार्थी प्रतिकक्षा रु. १२००) सहित हुने रकम बोर्डको नाममा जम्मा गरी मिति २०७६ साल फागुन ७ गतेभित्र Online इन्ट्री गरी २०७६ फागुन ११ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बझाउने व्यवस्था गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

साथै, आवेदन फारामको Online Entry System २०७६ फागुन ७ गते साँझ ६ बजे पश्चात् स्वतः बन्द हुने व्यहोरासमेत जानकारी गराइन्छ। पुनश्चः राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयहरूले समेत यसै सूचनाबमोजिम गर्नु गराउनुहुन सूचित गरिन्छ।

-परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम