A Levels MA

बिएस्सी फरेष्ट्रीमा छात्रवृत्तिका लागि आवेदन माग

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले बिएस्सी फरेष्ट्रीमा निःशुल्क छात्रवृत्ति अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं फरेष्ट्री कलेजमा छात्रवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो ।शैक्षिक वर्ष २०७८–०८२ सालका लागि स्नातक तहको फरेष्ट्री विषयमा छात्रवृत्ति अध्ययनका लागि ५ जना विद्यार्थी साधारण तथा समूहगत रुपमा सिफारिस तथा मनोनयन गर्नुपर्ने भएकाले आवेदन माग गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

छात्रवृत्ति शाखा केशरमहल, काठमाण्डौं

प्रकाशित मितिः २०७९/०१/०५ काठमाण्डौं फरेष्ट्री कलेजमा विएस्सी फरेष्ट्री (B.Sc.Forestry) विषयको नि:शुल्क अध्ययन (छात्रवृत्तिमा) का लागि दरखास्त माग गरिएको सम्बन्धी सूचनाः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्राविधिक शिक्षा शाखा को च.नं.३०६ मिति २०७८।१२।२२ को प्राप्त पत्रानुसार नेपाल सरकारलाई त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौँ फरेष्ट्री कलेजमा बर्ष २०७८-०८२ सालको लागि स्नातक तहको BSc Forestry विषयमा छात्रवृत्तिमा अध्ययनका लागि ५ जना विद्यार्थी साधारण तथा समूहगत रूपमा सिफारिस तथा मनोनयन गर्नुपर्ने भएकाले छात्रवृत्ति सम्बन्धी नियमावली २०६० अनुसार योग्यताक्रम कायम एवम् मनोनयन गर्ने प्रयोजनका लागि देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरूबाट तोकिएका आवश्यक कागजातसहित दरखास्त आह्वान गरिएको छ । १) दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता क) त्रिवि अन्तर्गत वनविज्ञान अध्ययन संस्थान, पोखराले २०७८ सालमा सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हनपर्नेछ । ख दरखास्तका लागि तोकिएको समह तथा सिट ख १. साधारण समूहमा ३ सिट ख २. आरक्षण समूहः महिला १ र जनजाति १

२) दरखास्त दिने म्याद: मिति २०७९ साल बैशाख ६ गतेदेखि २०७८ साल बैशाख १३ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलमा दरखास्त दिन सकिने छ । दरखास्तको नमुना यसै साथ संलग्न छ ।

३) राजस्व सम्बन्धी व्यवस्थाः आवेदकहरूले राजस्व वापतको रकम रु १००० एक हजार राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजश्च शीर्षक नं १४२२९ मा दाखिला गरी सोको सक्कल भौचरको समेत संलग्न राखी दरखास्तसाथ पेश गर्नुपर्ने छ। भौचर भर्ने नमूना यसै सूचनाको पृष्ठ भागमा दिइएको छ ।

४) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू

* पूर्ण रूपमा भरिएको आवेदन फाराम * राजस्व बुझाएको सक्कल भौचर * नागरिकता प्रमाण पत्रको प्रतिलिपि * त्रिभुवन विश्वविद्यालय, वनविज्ञान अध्ययन संस्थान, पोखराले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit,

विषय. * १०+२ वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript को प्रतिलिपि * SEE/SLC परीक्षाको मार्कसिटको प्रतिलिपि * शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सम्बन्धित बोर्डबाट जारी गरिएको समकक्षताको

प्रमाणपत्रको प्रतिलिपि * नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित

जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको प्रतिलिपि

ख सामुदायिक विद्यालय तर्फको आरक्षण समूह (Community School Group )

विपन्नताको सिफारिस, सरकारी विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूह सम्बन्धी प्रमाण समेत ३ वटै प्रमाण पेश गर्नसक्ने उम्मेदवारहरू मात्र सामुदायिक विद्यालय समूहमा पर्ने हुनाले यस्ता समूहमा दरखास्त दिन इच्छुक उम्मेदवारले यी तीनै कागजात दरखास्त साथ पेश गर्नुपर्ने छ। साधारण समूहका लागि तोकिएका कागजातका साथै निम्न कागजात समेतको प्रतिलिपि पेश गर्नुपर्नेछ । १) SLC/SEE उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकाय वा शिक्षा समन्वय इकाइले

प्रदान गरेको सिफारिस पत्र २) सम्बन्धित गाउँपालिका, नगर उपमहानगर महानगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली,२०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७९ साल बैशाख ६ गते देखि दरखास्त फाराम भर्ने

अन्तिम मिति २०७९ बैशाख १३ गतेसम्ममा जारी गरेको विपन्नताको सफारिस पत्र (नमुना यसैसाथ दिइएको छ । ३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र ।

. जनजातिको सिफारिस : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय

वा सम्बन्धित स्थानीय निकायबाट ग ) other School Group अन्यविद्यालय तर्फको आरक्षण समूह यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि General Group साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बुदा नं ख (३) मा तोकिएको निकायको सिफारिस पत्रको फोटोकपी प्रति संलग्न गर्नुपर्ने छ । आरक्षणका लागि माग गरिएको कुनै पनि कागजात दरखास्तसाथ समावेश नभएमा आरक्षण तर्फको दरखास्त अस्वीकृत भई स्वतः साधारणतर्फ मात्र कायम हुने व्यहोरासमेत जानकारी गराइन्छ । शर्तमा कुनै दरखास्त दर्ता गरिने छैन ।

५. योग्यताक्रमः रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको अधारमा नियमानुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समहको योग्यताक्रम कायम गर्ने छ । ६. अन्य विद्यालय समहले पाउने अवसर: आरक्षण गरिएको स्थानमा सामदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी माथि उल्लेख गरिएका कागजात पेश गरेका उम्मेदवारहरूलाई पहिलो प्राथमिकता दिइने छ । सामुदायिक समूहमा कुनै पनि उम्मेदवार नभएको अवस्थामा मात्र नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्तिलाई आरक्षित स्थान प्रदान गरिने छ । सो पनि नभएको अवस्थामा छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ । पुनश्च: फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं ४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ ।

 

Tag:छात्रवृत्ति
Thuprai - Books and E-books