After SEE Portal

प्राविधिक एस.एल.सी. तहको कार्यक्रममा परीक्षा आवेदन फाराम भर्नेबारे जरुरी सूचना: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालय

सानोठिमी, भक्तपुर प्राविधिक एस.एल.सी. तहको (१५+३) अवधिका कार्यक्रममा परीक्षा आवेदन फाराम भर्नेबारे जरुरी सूचना

(प्रकाशित मिति: २०७६/०५।२२ गते) 

यस परिषदबाट सम्बन्धन/स्वीकृत प्राप्त गरी निजी स्तरमा, परिषद्को आङ्गिक रूपमा तथा साधारण माध्यमिक विद्यालयहरूमा (TECS) कार्यक्रमको रूपमा विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन गर्ने सम्पूर्ण शिक्षण संस्थाहरूले नियमित तथा आंशिक प्रशिक्षार्थीहरूको लागि २०७६ साल कार्तिक/मङ्सिर महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई तपसिलको सर्त नं. १४ अनुसार तोकिएको मितिभित्र र तपसिलको सर्त नं. ५ मा उल्लेख गरिएबमोजिमको परीक्षा शुल्क बुझाएको बैंक भौचरको प्रति आवेदन फारामका साथ अनिवार्य रूपमा बुझाउन हुन सम्बन्धित सबै शिक्षण संस्था एवं प्रशिक्षार्थीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिलका सर्तहरू पूरा नभएका र तोकिएको समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरूलाई परीक्षामा सम्मिलित गराउन नसकिने व्यहोरासमेत सूचित गरिन्छ। 

परीक्षा सञ्चालन हुने कार्यक्रम तथा समूहहरूः 

शैक्षिक शत्र २०७५/०७६ मा रजिष्ट्रेशन भई प्रा.एस.एल.सी. तहका कार्यक्रमअन्तर्गत प्रशिक्षण पूरा गरेका (१५+३) महिना अवधिका सम्पूर्ण नियमित समूहरूः 

(SURVEY ENGINEERING. AUTOMOBILE ENGINEERING, AYURVEDA, AUXILIARY NURSING MIDWIFERY (ANM), COMMUNITY MEDICINE ASSISTANT (CMA), COMMUNITY AMCHI ASSISTANT) 

शैक्षिक शत्र २०७१/०७२ मा रजिष्ट्रेशन भएदेखिका प्रा.एस.एल.सी. अन्तर्गत सञ्चालित २९ महिने अवधिको प्रशिक्षण लिएका माथि उल्लेखित सम्पूर्ण कार्यक्रमका दोस्रो वर्षका आंशिक समूहहरू । 

शैक्षिक शत्र २०७२/०७३ मा रजिष्ट्रेशन भएदेखिका प्रा.एस.एल.सी. अन्तर्गत सञ्चालित २९ महिने

अवधिको प्रशिक्षण लिएका माथि उल्लेखित सम्पूर्ण कार्यक्रमका प्रथम वर्षका आंशिक समूहहरू । 

शैक्षिक शत्र २०७२/०७३ मा रजिष्ट्रेशन भएदेखिका प्रा.एस.एल.सी.अन्तर्गत सञ्चालित १५/१८ महिने (१५+३) अवधिको प्रशिक्षण लिएका माथि उल्लेखित सम्पूर्ण कार्यक्रमका आंशिक समूहहरू । 

शर्तहरूः 

१. सम्बन्धित शिक्षण संस्थाले प्रशिक्षार्थीको परीक्षा आवेदन फाराम र प्रवेश पत्रमा उल्लेखित विवरण भराइसकेपछि नियमित प्रशिक्षर्थीको हकमा परीक्षा आवेदन फारामका साथ रजिष्ट्रेशन अर्धकट्टीको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । अन्यथा परीक्षा आवेदन फाराम बुझिने छैन । 

२. परीक्षा नियन्त्रण कार्यालयबाट (CTEVT को वेबसाइट www.ctevt.org.np) उपलब्ध गराइएको समष्टिगत (Triplicate) फाराममा प्रशिक्षार्थीले परीक्षा दिने विषयको विवरणका साथै अध्ययन गरेका विषयहरू सैद्धान्तिक र प्रयोगात्मक विषयको तोकिएको कोलुममा अध्ययन गरेका विषयमा (V) र अध्ययन नगरेको विषयमा (x) चिन्ह प्रयोग गर्नुपर्नेछ । साथै प्रशिक्षार्थीको नाम थर (Alphabetic order मा) भरी समष्टिगत (Triplicate) फारामको एक एक प्रति Soft Copy (CD. MS-WORD) Hard Copy (Printed Copy) परीक्षा आवेदन फारामसाथ अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ अन्यथा फाराम बुझिने छैन । 

३. प्रशिक्षार्थीहरुको समष्टिगत फाराम तथा आन्तरिक मूल्याङ्कन फाराम भर्दा प्रशिक्षार्थीको रजिष्ट्रेशन नम्बरको क्रमानुक्रम (Acceding Order) अनुसार एकै किसिमले तयार पारी एक-एक प्रमाणित प्रति Son Copy (CD, MS-Excel -2007) र Hard Copy (Printed Copy) परीक्षा आवेदन फाराम साथ अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ र उक्त आन्तरिक मूल्याङ्कन सिट तथा Soft Copy परिषद्को प्रदेश कार्यालयहरूमा बुझाउनुपर्ने छ। 

४. नियमित प्रशिक्षार्थीहरूको हकमा ९०% हाजिरी भएका र आन्तरिक मूल्याङ्कन सिटमा सबै विषयमा उत्तीर्ण भई योग्य भएका प्रशिक्षार्थीहरूलाई मात्र अन्तिम परीक्षामा सम्मिलित गराइने छ। अन्यथा आन्तरिक मूल्याङ्कन सिटमा अनुत्तीर्ण भएका प्रशिक्षार्थीहरूलाई अन्तिम परीक्षामा सम्मिलित गराएमा त्यस्ता प्रशिक्षार्थीहरूको सम्बन्धित विषयको परीक्षा स्वतः रद्द हुनेछ । आन्तरिक मूल्याङ्कन सिटमा सम्बन्धित विषय शिक्षक र प्राचार्यको हस्ताक्षर अनिवार्य रूपमा भएको हुनुपर्ने छ। 

५. परीक्षा शुल्कः निजी रूपमा कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाको लागि नियमित प्रशिक्षार्थीको प्रति प्रशिक्षार्थी रु.२०००/- (अक्षरेपी दुई हजार मात्र) (परीक्षा शुल्क रु.१७००।- र कार्यगत मूल्याङ्कन (OIT) रु. ३००) र आशिक प्रशिक्षार्थीको हकमा प्रति फाराम (एक विषयसमेतको लागि) शुल्कवापत रु.२००।-(दुई सय) र थप विषय रु. १५०/- (एक सय पचास) का दरले तथा परिषदका आंगिक तथा TECS कार्यक्रम सञ्चालन गर्ने विद्यालयहरूको नियमित प्रशिक्षार्थीको हकमा प्रति प्रशिक्षार्थी रु.५००।- (अक्षरेपी पाँच सय मात्र) र आशिक प्रशिक्षार्थीको हकमा प्रति फाराम (एक विषयसमेतको लागि) शुल्क वापत रु.२००/- (दुई सय) र प्रति थप विषय रु. १५०/- (एक सय पचास ) का दरले लाग्ने थप रकमसमेत गरी प्रदेश नं १ को कार्यालय, ईटहरी, सुनसरीको रा.बा, बैंक, इटहरी शाखाको च.हि.नं. २५५०००१२७८०१, प्रदेश नं २ को कार्यालय जनकपुर, धनुषाको रा.वा, बैंक, जनकपुर शाखाको च.हि.नं. १२२०००६७०३०१, प्रदेश नं. ३ को कार्यालय, मकवानपुर, हेटौंडाको रा.वा. बैंक हेटौडा शाखाको च.हि.नं १३००००३६६९०१, गण्डकी प्रदेशको कार्यालय, पोखरा, कास्कीको रा.वा.बैंक पार्दी, पोखरा शाखाको च.हि.नं. ३५०००००२३४०१, प्रदेश नं. ५ को कार्यालय बुटवलको रा.वा. बैंक, बुटवल शाखाको च.हि.नं ३३६००००३६१०१, कर्णाली प्रदेशको कार्यालय, बीरेन्द्रनगर, सुर्खेतको रा.बा.बैंक वीरेन्द्रनगर, सखेत शाखाको च.हि.नं. ४०८००१५५२८०१ र सुदूरपश्चिम प्रदेशको कार्यालय, धनगढी, कैलालीको रा.वा. बैड, धनगढी शाखाको च.हि.नं. ४१७०००६५०८०१ मा दाखिला हुनेगरी खिचिएको बैंक भौचर परीक्षा आवेदन फाराम साथ संलग्न राखी सम्बन्धित परिषदका प्रदेश कार्यालयहरूमा तोकिएको मितिमा फाराम बुझाउनुपर्नेछ। भौचरको पछाडिपट्टी शिक्षण संस्थाको नाम, ठेगाना र प्रयोजन स्पष्ट रूपमा अनिवार्य उल्लेख गर्नुपर्नेछ। 

६. नियमिततर्फका प्रशिक्षार्थीहरूको हकमा सेतो रङ्गको पेपरमा परीक्षा आवेदन फाराम र प्रवेश पत्र (CTEVT को वेबसाइट www.ctevt.org.np बाट डाउनलोड) तथा आंशिकतर्फका प्रशिक्षार्थीहरूको हकमा पहेंलो रङ्गको पेपर प्रयोग गरी परीक्षा आवेदन फाराम र प्रवेश पत्र प्रिन्ट (CTEVT को वेबसाइट www.ctevt.org.np बाट डाउनलोड) गरी प्रत्येक प्रशिक्षार्थीलाई सम्बन्धित शिक्षण संस्थाले भराउनु पर्नेछ । प्रत्येक परीक्षा आवेदन फाराम र प्रवेश पत्रमा सम्बन्धित प्रशिक्षार्थीको एक-एक प्रति पासपोर्ट साइजको फोटो टाँस गरी सम्बन्धित शिक्षण संस्थाले सम्बन्धित प्रशिक्षार्थीहरूको परीक्षा आवेदन फाराम र प्रवेश पत्र भराइ तोकेको मितिभित्र परीक्षा आवेदन फाराम बुझाउनु पर्नेछ । साथै कुनै संस्था बन्द गरिएको भए उक्त संस्थाले अख्तियार गरेको संस्थामार्फत् आवेदन फाराम बुझाउनु पर्नेछ । प्रशिक्षार्थीहरूबाट व्यक्तिगत रूपमा बुझाउन ल्याउने परीक्षा फाराम सम्बन्धित परिषद्का प्रदेश कार्यालयहरूमा दर्ता हुने छैन। 

७. सम्बन्धित शिक्षण संस्थाहरूले नियमित तथा आंशिकतर्फका प्रशिक्षार्थीहरूको एक-एक प्रति परीक्षा आवेदन फाराम र प्रवेश पत्र भराइसके पछि सम्बन्धित शिक्षण संस्थालाई नियमित तथा आशिकतर्फ सम्बन्धित परिषद प्रदेश कार्यालयहरूले उपलब्ध गराएको (CTEVT को वेवसाइट www.ctevt.org.np मा राखिएको) परीक्षा सिम्बल नम्बर सम्बन्धित शिक्षण संस्था स्वयंले रातो मसी प्रयोग गरी नम्बरिङ मेसिनवाट प्रष्टसँग देखिने गरी तोकिएको परीक्षा सिम्बल नम्बर प्रत्येक प्रशिक्षार्थीको एक-एक प्रति परीक्षा आवेदन फाराम र प्रवेश पत्रमा राख्नुपर्ने छ। 

८, शैक्षिक सत्र २०७२/०७३ भन्दा पहिले रजिष्ट्रेशन भई १५/१८ (१५+३) महिने अवधिको प्रशिक्षण लिइएका प्रशिक्षार्थीहरूको फाराम संग्लन गराइएको भेटिएमा त्यस्ता फारामहरू स्वतः रद्द हुनेछ। यस्ता फाराम संग्लन गराई पठाउने शिक्षण संस्थालाई परिषद्को ऐन, नियम तथा विनियमबमोजिम कारबाही हुनेछ। 

९. शिक्षण संस्थाहरूबाट विषयगत नियमित तथा आंशिक परीक्षार्थीहरूको आवेदन फाराम प्रत्येक शैक्षिक शत्रअनुसार छुट्टाछुट्टै फाइल खडा गरी छुट्टाछुट्टै रकम बुझाएको रसिद संलग्न गरी सम्बन्धित परिषद् प्रदेश कार्यालयहरूमा दर्ता गर्नुपर्नेछ । 

१०. आशिक प्रशिक्षार्थीहरूको हकमा परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको अघिल्लो परीक्षाबाट प्राप्त लब्धाङ्क पत्रको प्रतिलिपि परीक्षा आवेदन फारामसाथ अनिवार्य रूपमा संलग्न हुनुपर्नेछ साथै अनुत्तीर्ण प्रशिक्षार्थीहरूले फाराम भर्दा OJT तथा प्रयोगात्मक विषयसमेत अनिवार्य रूपमा उल्लेख गरेको हुनुपर्नेछ। 

११. उल्लेखित शर्त पूरा नभएका र तोकिएको समयपछि प्राप्त परीक्षा आवेदन फारामउपर कुनै कारबाही गरिने छैन, त्यसको जवाफदेही परिषद् प.नि.का. तथा प्रदेश कार्यालयहरू हुने छैन । 

१२. कुनै पनि शिक्षण संस्थाले रजिष्ट्रेशन नभएका प्रशिक्षार्थीहरूको परीक्षा आवेदन फाराम नियतवश समावेश गराई यदि प्रशिक्षार्थीहरूले परीक्षा दिएमा त्यस्ता परीक्षार्थीहरूको परीक्षा नजिता स्वतः रद्द हुने छ र त्यस्ता शिक्षण संस्थालाई परिषद्को ऐन, नियम तथा विनियमबमोजिम कारबाही हुनेछ। 

१३. परीक्षा आवेदन फाराम भर्दा केरमेट, टिपेक्स लगाएको पाइएमा परीक्षा आवेदन फाराम बुझिने छैन । 

१४. प्रशिक्षार्थीहरूको लागि सम्बन्धित शिक्षण संस्थामा परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मितिः 

नियमित शुल्कको हकमाः मिति २०७६ भाद्र २२ गतेदेखि २०७६ आश्विन १० गतेभित्र । 

बिलम्ब शुल्कको हकमाः मिति २०७६ आश्विन ११ गतेदेखि २०७६ आश्विन ३० गतेभित्र । 

शिक्षण संस्थाहरूको लागि तोकिएको स्थानमा परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मितिः 

नियमित शल्कको हकमा (रकम दाखिला गरेको बैंक भौचरसहित): २०७६ आश्विन ११ गतेभित्र । 

बिलम्ब शुल्कको हकमा (रकम दाखिला गरेको बैंक भौचरसहित) : २०७६ कार्तिक १ गतेभित्र ।

(विलम्ब शुल्क भन्नाले नियमित शुल्कको (कार्यगत शुल्कबाहेक) दोब्बर शुल्क भन्ने बुझ्नुपर्ने छ ।) 

१५. हुलाक, कुरियरमार्फत् पठाउने परीक्षा आवेदन फारामसमेत तोकिएको समयभित्र सम्बन्धित परिषद, प्रदेश कार्यालयहरूमा दर्ता नभएमा परीक्षा आवेदन फाराम स्वीकृत गरिने छैन । त्यसको जवाफदेही सम्बन्धित शिक्षण संस्था एवं संस्थाका प्राचार्य हुनुपर्नेछ। 

१६. प्रवेशपत्र सम्बन्धित शिक्षण संस्थाले परीक्षा सुरु हुने एक हप्ता अगावै परिषद्का सम्बन्धित प्रदेश कार्यालयहरूबाट बुझी लैजानुपर्नेछ । प्रवेश पत्र विना परीक्षामा सामेल गराइने छैन । 

१७. अन्य जानकारीका लागि परिषदका सम्बन्धित प्रदेश कार्यालयहरूमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । 

नोट: यो सूचना CTEVT को वेबसाइट www.ctevt.org.np मा पनि हेर्न सकिने छ।

परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books