A Levels MA

स्नातक तहमा समयसीमा नाघेका परीक्षार्थीहरुका लागि मौका परीक्षा फारम भर्ने सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणालीअनुसार २०७७ सालमा सञ्चालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र सङ्कायका नियमित तथा आंशिक परीक्षार्थीहरू र प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३) को तीन वर्षे स्नातक तहमा समयसीमा नाघेका विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एकपटकका लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा तेस्रो वर्षका मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र सङ्कायतर्फका आंशिक परीक्षा दिने परीक्षार्थीहरूले आ-आफ्नो क्याम्पस/कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल माघ २२ गतेदेखि फागुन २१ गतेसम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ताभित्र (२०७६ फागुन २८ गते) परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको website: www.tuexam.edu.np मा हेर्न सकिन्छ। मिति : २०७६ माघ १७ गते

परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books