Bachelors Portal

सीप परीक्षण केन्द्र Skill Test Center (STC) प्रमाणीकरणका लागि प्रस्तावना माग गरिएको सूचना

Managed Admission 2022

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् 

राष्ट्रिय सीप परीक्षण समिति/नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली 

National Skill Testing Board (NSTB) /Nepal Vocational Qualification System (NVQS) 

मध्यपुर थिमी २, सानोठिमी, भक्तपुर 

सीप परीक्षण केन्द्र Skill Test Center (STC) प्रमाणीकरणका लागि प्रस्तावना माग गरिएको सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति २०७६/०६/०८) 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, राष्ट्रिय सीप परीक्षण समितिले औपचारिक तथा अनौपचारिक माध्यमबाट प्राप्त ज्ञान र सीपको स्तरीकरण, परीक्षण एवं प्रमाणीकरण गर्ने कार्यलाई गुणस्तरीय र प्रभावकारी बनाउन क्रियाशिल रहेको छ । सीपको मूल्याङ्कनको नतिजामा एकरूपता, निष्पक्षता, विश्वसनियता र सर्वमान्यताको सुनिश्चतता भएमा मात्र उद्योग, व्यावसाय तथा रोजगारदाताहरूलाई आवश्यक जनशक्तिको सीप एवं दक्षतामा विश्वस्त तुल्याउँदछ । 

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय श्रम बजारमा सीप परीक्षणवाट प्रदान गरिएको प्रमाणपत्रको विश्वसनियता बढाउने उद्देश्यका साथ राष्ट्रिय सीप परीक्षण समिति/नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली (NSTB/NVQS) को सीप परीक्षण केन्द्र (STC) प्रमाणीकरण निर्देशिकाले तोकेको मापदण्ड पुरा गरेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गत सञ्चालित आंगिक, साझेदारी, निजी एवम् सार्वजनिक शिक्षण संस्थाहरू तथा सरकारी स्वामित्वमा सञ्चालित एवम् निजी उद्योग प्रतिष्ठानहरू मध्ये प्रमाणीकृत सीप परीक्षण केन्द्र स्थापना गर्न इच्छुक सङ्घ संस्थाहरूले मिति २०७६/०७/२० गतेभित्र कार्यालय समयमा आवेदन पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

सीप परीक्षण केन्द्रको प्रमाणीकरणका लागि प्रस्ताव पेस गर्दा संलग्न गर्नुपर्ने कागजातहरू

१. प्रमाणीकत सीप परीक्षण केन्द्र हनका लागि एकल वा Joint Venture (JV) समेत गरी कम्तिमा ५ वटा र बढीमा १० वटा पेशा/व्यावसायको सीप परीक्षण गर्न सकिने पूर्वाधार भएको/पूरा गरेको हुनु पर्नेछ । 

२. ब्यूटिसियन, टेलर, ह्याण्ड इम्बोइडर, केयरगिभर, अप्टिकल डिस्पेन्सर, उद्यमशिलता विकास सहजकर्ता, प्रारम्भिक बालविकास सहजकर्ता

(ECDF), सामुदायिक वन सहजकर्ता (CFF) जस्ता पेशाको हकमा Joint Venture (JV) गरी प्रस्ताव पेस गर्न सकिने छ । JV मा जाँदा एक प्रदेशभित्र एउटा संस्थासँग मात्र सम्झौता गर्न सकिने छ । JV मार्फत आवेदन दिने संस्थाले दुवै संस्थाको सम्झौतासहित आवश्यक कागजातहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने छ। 

३. प्रस्तावनाको साथमा सीप परीक्षण गरिने पेशा र तह स्पष्ट खुलेको आवेदन पत्र, संस्थाको छाप एवम् अख्तियार प्राप्त व्यक्तिको नाम र हस्ताक्षरसहित अख्तियारी प्रदान गरिएको पत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने छ । 

४. संस्था दर्ता एवम् अध्यावधिक गरेको प्रमाणहरू नोटरीबाट प्रमाणित गरी पेस गर्नुपर्ने छ। शिक्षण संस्थाको हकमा परिषद्बाट सम्बन्धन लिएको पत्र पेस गर्नुपर्ने छ। 

५. प्रमाणिकृत हुन इच्छुक पेशा र तहको लागि संस्थाको व्यवस्थापन समितिबाट निर्णय भएको पत्र संलग्न गर्नुपर्ने छ । 

६. संस्थाको आफ्नै भौतिक पूर्वाधार भएमा उक्त प्रमाण खुल्ने कागजात र भाडा/लिजमा भएको खण्डमा सोअनुसारको कागजपत्र पेस गर्नुपर्नेछ । 

७. प्रस्तावित पेशाको लागि संस्थामा भएका आवश्यक औजार, उपकरण एवम् मानव संसाधनको सूची पेस गर्नुपर्नेछ । 

८. विगत ३ आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र र विगत तीन आर्थिक वर्षको कुल औसत कारोवार न्यूनतम रु.३० लाखसम्म भएको कागजातहरू अनिवार्य रूपमा नोटरी गरी पेस गर्नुपर्ने छ । JV को हकमा नेतृत्वदायी संस्था (Lead Organization) को कारोबार मात्र गणना गरिनेछ। 

९. प्रस्तावित पेशा र तह राष्ट्रिय सीप परीक्षण समितिमा रहेको राष्ट्रिय व्यावसायिक सीप प्रमाणिका (National Occupational Skill Standard) को सूचीभित्रको मात्र हुनुपर्ने छ। 

१०. विगतमा सीप परीक्षण गरिएको अनुभव भएका संस्थाहरूले पेशा र तहगत विवरण/सङ्ख्या खुल्ने गरी सीप परीक्षण समितिले प्रदान गरेको पत्र  संलग्न गरेको हुनुपर्नेछ। 

नोट : 

१. आवेदन फाराम, सीप परीक्षण केन्द्रको प्रमाणीकरण निर्देशिका एवम् राष्ट्रिय व्यावसायिक सीप प्रमाणिका (NOSS) को विवरण राष्ट्रिय सीप

परीक्षण समितिको वेबसाइट www.nstb.org.np बाट डाउनलोड गर्न सकिने छ । 

२. आवेदन फाराम बुझाउने अन्तिम म्याद २०७६/०७/२० गते कार्यालय समयभित्र सिलबन्दी गरी समितिको कार्यालय सानोठिमी भक्तपुरमा दर्ता गर्नुपर्ने छ। ३. समय सीमा नाघेर दर्ता हुन आएका आवेदनलाई मान्यता दिइने छैन । 

४. अन्तिम दिन सार्वजनिक बिदा भएमा सोको भोलिपल्ट आवेदन फाराम दर्ता गर्न सकिने छ। 

५. तोकिएको समयभित्र रीतपूर्वक दर्ता हुन आएका प्रस्तावनाहरूको अध्ययन गरी छनोट भएका (Short listed) संस्थाहरूको NSTB/NVQS ले गठन गरेको विज्ञ समितिबाट स्थलगत निरीक्षण गराउनु पर्नेछ । 

६. सीप परीक्षण केन्द्र प्रमाणीकरण निर्देशिकाले तोकेअनुसारको मापदण्ड पूरा गरेका संस्थाहरूको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा सिफारिस गरेपश्चात् मात्र छनोट गरिने छ । 

७. सीप परीक्षण केन्द्रको प्रमाणीकरण गर्ने वा नगर्ने अन्तिम निर्णय राष्ट्रिय सीप परीक्षण समितिको हुनेछ। 

८. अन्य जानकारीको लागि समितिको वेवसाइट तथा फोन नं. ०१-६६३३५४४, ६६३८१५३, ९८५११६३९६४ मा सम्पर्क गर्न सकिने छ ।