चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय तेश्रो वर्ष छैठौं शत्र-२०७३ समूहको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय 

विज्ञान तथा प्रविधि अध्ययन संस्थान

डीनको कार्यालय, परीक्षा शाखा, बल्खु 

सेमेष्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय तेश्रो वर्ष छैठौं शत्र-२०७३ समूहको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

प्रकाशित मिति : २०७६।०६।०९ | 

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७६ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषय तेश्रो वर्ष छैठौं शत्र-२०७३ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा आवेदन फाराम २०७६ साल कात्तिक २१ गते सम्ममा बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित क्याम्पस/कलेजहरुले फारामहरु रुजु  गरी मिति २०७६ साल कात्तिक २५ गते सम्ममा यस कार्यालयमा अनिवार्य रुपमा बुझाउन पर्नेछ । विस्तृत जानकारीको लागि यस कार्यालयको Website www.tuiost.edu.np बाट हेर्न सकिने छ।

सहायक डीन

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books