After SEE Portal

ऑगिक तथा सम्बन्धन प्राप्त कलेजहरुलाई स्नातक तहको रजिष्ट्रेसन फाराम भरी पठाउने सम्बन्धमा: पोखरा विश्वविद्यालय

Bridge Course

मिति :- २०७६।०८।०५

श्रीमान् प्रिन्सिपल ज्यू, सम्पूर्ण ऑगिक तथा सम्बन्धन प्राप्त कलेजहरु।

विषयः स्नातक तहको रजिष्ट्रेसन फाराम भरी पठाउने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा त्यस कलेजको शैक्षिक सत्र २०१९ मा स्नातकमा भर्ना भएका छात्र/छात्राहरुको पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली, २०५६ परिच्छेद-३ को नियम (१२) मा व्यवस्था भए बमोजिम विश्वविद्यालयमा नाम दर्ता हुनुपर्ने भएकोले यस विश्वविद्यालयको रजिष्ट्रेसन फाराम रितपूर्वक भरी मिति December 22, 2019 ( पुस ०६ गते, २०७६) सम्ममा परीक्षा नियन्त्रण कार्यालय रजिष्ट्रेसन शाखामा आइपुग्ने गरी पठाइदिनु हुन अनुरोध गर्दछु ।

नोट:- रजिष्ट्रेसन फाराम भरि स्वयम कलेजको आधिकारीक व्यक्तिले लिएर आउनु पर्ने छ । रजिष्ट्रेसन फाराम रितपूर्वक नभरिएको पाइएमा वा तोकिएको मिति भन्दा पछाडि प्राप्त भएमा विश्वविद्यालय रजिष्ट्रेशन गर्न बाध्य हुने छैन । रजिष्ट्रेसन फाराम पोखरा विश्वविद्यालयको वेभ साईट https://pu.edu.np/office-of-the-controllerof-examination/ बाट प्रिन्ट गर्नु हुन अनुरोध गरिन्छ।

रजिष्ट्रेसन फाराम रितपूर्वक भरि पठाउदा अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने आवश्यक कागजात र ध्यान दिनुपर्ने कुराहरु यसै पत्र साथ संलग्न छन ।

डा. भरतराम ढुङ्गाना 

परीक्षा नियन्त्रक

आवश्यक कागजातहरु:

१) एस.एल.सी.वा सो सरह पास गरेको लब्धाङ्कपत्र र सर्टिफिकेटको प्रतिलिपि । 

२) +२ वा सो सरह पास गरेको लब्धाङ्कपत्र र सर्टिफिकेटको फोटोकपी साथै (सक्कल माइग्रेसन स्नातक तहको लागी मात्र अनिवार्य हुनुपर्ने । 

३) स्नातक तह पास गरेको लब्धाङ्कपत्र र सर्टिफिकेटको प्रतिलिपि स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीहरुको लागि मात्र र स्नातक तहको सक्कल माइग्रेसन (अनिवार्य) हुनुपर्ने । 

४) विदेशी शैक्षिक संस्था वा विदशी शैक्षिक संस्थासंग सम्बन्धन प्राप्त कलेजहरुमा अध्ययन गरी आएका विद्यार्थीहरुको समकक्षता निर्धारण (Equivalence) प्रमाण पत्र अनिवार्य रुपमा हुनुपर्नेछ । 

५) नागरिकता वा राहदानी (Passport) को प्रतिलिपि । ६) सम्पूर्ण कागजातहरुको प्रतिलिपिहरुलाई सम्बन्धित कलेजको प्रिन्सिपलले प्रमाणित गरी कलेजको छाप लगाउनु पर्नेछ।

खण्ड-ख

ध्यानदिनुपर्ने कुराहरु:

१) विद्यार्थीहरुलाई रजिष्ट्रेसन फाराम भराउनु भन्दा अगाडी खण्ड- क मा उल्लेख भए बमोजिमको आवश्यक सबै कागजात छ/छैन राम्रोसँग हेर्ने। 

२) विद्यार्थीहरुलाई रजिष्ट्रेसन फाराम भराउदा विश्वविद्यालयको भर्ना मापदण्ड अनुरुप हुनुपर्नेछ। 

३) विद्यार्थीहरुलाई भराइएको रजिष्ट्रेसन फाराममा सम्बन्धित शैक्षिक संस्थाको छाप र प्रमुखको हस्ताक्षर अनिवार्य रुपमा हुनुपर्नेछ। 

४) विद्यार्थीहरुले भरेको रजिष्ट्रेसन फाराम पठाउदा कार्यक्रम अनुसार विद्यार्थीहरुको नाम Ascending Order अनुसार मिलाएर पठाउनुपर्नेछ। 

५) विद्यार्थीहरुले भरेको रजिष्ट्रेसन फारामको आवश्यक Information हरुलाई कम्प्यूटरमा Microsoft Excel मा Entry गरेपछि त्यसको एक प्रति Print सहित बाँकी आवश्यक Information हरुलाई Hard Cover भएको CD मा राखि पठाउनुपर्नेछ। 

६) विद्यार्थीहरुले भरेको रजिष्ट्रेसन फारामको कार्यक्रम अनुसार प्रत्येक विद्यार्थीहरुको हालसालै खिचिएको (फाराममा टाँसेको र सिडिमा राखेको फोटो एउटै हुनुपर्ने) फोटो scan गरी JPG File मा विद्यार्थीहरुको Full Name बाट Individual save गर्नुपर्ने र scan गरेको Passport size फोटोहरुको छुट्टै Folder बनाई CD मा पठाउनुपर्ने । 

७) रजिष्ट्रेसन फाराम भर्दा विद्यार्थीहरुको नाम थर एउटै हुन गएमा कम्प्यूटरमा Entry गर्दा र scan गरेको फोटोहरुको Full Name मा समेत A र B गरी संकेत दिनुपर्ने । 

८) रितपूर्वक भरिएका रजिष्ट्रेसन फाराम, कम्प्यूटरमा Entry भएको एक प्रति Print सहित बाँकी आवश्यक Information सहितको Hard Cover भएको CD लाई विश्वविद्यालयमा पठाइने कुनै पनि डकुमेन्टहरुमा समावेश नगरी छुट्टै बलियो खाममा खामबन्दी गरी पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय रजिष्ट्रेसन शाखा मा क्याम्पस शिक्षण संस्थाको आधिकारीक व्यक्ति स्वयमले ल्याएर बुझाउनु पर्ने छ। 

९) पो.वि बाट Migration ननिकालेको विद्यार्थीले सम्बन्धित शाखाबाट प्रमाणित पत्र ।

पो.ब.नं. ४२७, पोखरा लेखनाथ-३०, कास्की , नेपाल, फोन: ०६१-५०४१४६/५०४०८६, ५०४०६७

इमेल: puexam@pu.edu.np, Website: www.pu.edu.np