A Levels MA

श्रव्यदृश्य तथा श्रव्य पाठ प्रसारण समय तालिका

शिक्षा तथा मानव स्रोत विकास केन्द्र द्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका कक्षा १-८ का विषयगत श्रव्यदृश्य पाठहरू नेपाल टेलिभिजनको NTV+ च्यानलबाट र कक्षा १-१० का विषयगत श्रव्यदृश्य पाठ Dish Media Network Ltd. को Dishhome, NITV Stream. Pvt. Ltd. को NET TV. Mega Max TV Pvt. Ltd. को Max TV. Divine Stream Network Pvt. Ltd को Mero TV I Subisu Cablenet (P). Ltd को Clear TV को विद्यालय शिक्षा (School Education) च्यानलबाट २०७८०१०१६ गतेदेखि पनि प्रसारण हुने व्यहोरा अनुरोध छ । यस केन्द्रबाट उत्पादित कक्षा १ देखि १० सम्मका श्रव्यदृश्य पाठहरू केन्द्रको Youtube Channel: www.youtube.com/ncedvirtual बाट आफ्नो अनुकूल समयमा आवश्यकता अनुसार हेर्न सकिने समेत जानकारी गराएको छ ।

यस केन्द्रको शिक्षाको चौतारी (Education Portal): learning.cchrd.edu.np मा प्रारम्भिक बालविकास देखि कक्षा १० सम्मका विषयगत डिजिटल सिकाइ सामग्रीहरू (Digital Learning Materials) को प्रयोग गरी लाभ लिनुहुन सम्बन्धित सबै विद्यार्थी तथा अभिभावकहरूलाई अनरोध गरिन्छ । त्यसैगरी यस केन्द्रको पहलमा विकास गरिएको Mobile App: eClass Nepal आफ्नो मोवाईल (Android) मा Install गर्नुहुन र App मा समावेश गरिएका कक्षा १ देखि १० सम्मका शिक्षण पाठहरू, पाठ्यपुस्तक, नमुना प्रश्नपत्र आदि हेरी त्यसवाट लाभ लिनुहुन समेत अनुरोध गरेको छ ।

साथै कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू रेडियो नेपालबाट र यस केन्द्र र सामदायिक रेडियो प्रसारण संघ बिचको सहकार्यमा देश भरका करिव २०१ ओटा भन्दा बढी सामुदायिक रेडियोहरू मार्फत कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू २०७८/१०१६ गतेदेखि पनि प्रसारण हुने व्यहोरा अनुरोध छ । केन्द्रबाट उत्पादित श्रव्य पाठहरू यस केन्द्रको facebook page: www.facebook.com/radiodistance मा आफ्नो अनुकूलता अनुसार सुन्नु हुन समेत अनुरोध गरेको छ ।

यसरी प्रसारित श्रव्यदृश्य तथा श्रव्य पाठहरूबाट विद्यार्थीहरुले फाइदा लिन सक्ने वातावरण बनाई दिनुहुन अनुरोध छ । साथै सबै विद्यार्थी भाइ बहिनीहरूले आफ्नो अनुकूलता अनुसार उक्त पाठहरू हेरी लाभ लिनुहुन अनुरोध गरिन्छ । माथि उल्लेख गरिए अनुसार मिति २०७४।१०१६ देखि २०७८।१०।२९ गतेसम्म प्रसारण हुने श्रव्यदृश्य तथा श्रव्य पाठहरूको समय तालिका यसैसाथ संलग्न छ।

Thuprai - Books and E-books