After SEE Portal

श्रव्यदृश्य तथा श्रव्य पाठ प्रसारण समय तालिका आज पुन सार्वजनिक

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य तथा श्रव्य पाठ प्रसारण समय तालिका आज पुन सार्वजनिक गरेको छ ।

कोभिड९१९ को सङ्कमणका कारण देश भरका सबै विद्यालयहरूको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिने उद्देश्यले मन्त्रालयले पुनः वैकल्पिक शिक्षणको समय तालिका सार्वजनिक गरेको शाखाका रेडियो इन्जिनियर सन्तकुमार महर्जनले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मिति २०७७ भदौं १९ गते जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार यस केन्द्रद्वारा पाठ्यकम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका कक्षा १-८ का विषयगत श्रव्यदृश्य पाठहरू नेपाल टेलिभिजनको NTV+ च्यानलबाट र कक्षा १-१० का विषयगत श्रव्यदृश्य पाठहरू Dish Media Network Ltd. को Dishhome, NITV Streamz PM1. Lid. NET TV, Mega Max TV Pvt. Ltd. Max TV, Divine Stream Network Pvt. Ltd Mero TV ? Subisu Cablenet (P), Lid को Clear TV को विद्यालय शिक्षा (School Education) च्यानलबाट साविक भै २०७७१०९।१६ गतेदेखि पुन प्रसारण गर्ने भएको छ ।

यस केन्द्रबाट उत्पादित कक्षा १ देखि १० सम्मका श्रव्यदृश्य पाठहरू केन्द्रको Youtube Channel: www.youtube.comrincedvirtual बाट आफ्नो अनुकूल समयमा आवश्यकता अनुसार हेर्न सकिने छ ।

यस केन्द्रको शिक्षाको चौतारी (Education Portal): Learning.cehrd.gov.np मा प्रारम्भिक बालविकास देखि कक्षा १० सम्मका विषयगत डिजिटल अन्तक्रियात्मक सिकाइ सामग्रीहरू (Digital Interactive Learning Materials) को प्रयोग गरी लाभ लिनुहुन सम्बन्धित सबै विद्यार्थी तथा अभिभावकहरूलाई अनुरोध गरेको छ । त्यसैगरी यस केन्द्रको पहलमा विकास गरिएको Mobile App: eClass Nepal आफ्नो मोवाईल (Android) मा Install गर्नुहुन र App मा समावेश गरिएका कक्षा १ देखि १० सम्मका शिक्षण पाठहरू, पाठ्यपुस्तक, नमुना प्रश्नपत्र आदि हेरी त्यसबाट लाभ लिन अनुरोध गरेको छ ।

साथै कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू रेडियो नेपालबाट र यस केन्द्र र सामुदायिक रेडियो प्रसारण संघ बिचको सहकार्यमा देश भरका करिव २०१ ओटा भन्दा बढी सामुदायिक रेडियोहरू मार्फत कक्षा ९ र १० का अनिवार्य विषयका श्रव्य पाठहरू साविक झै २०७७१०९।१६ गतेदेखि पनि प्रसारण हुने व्यहोरा अनुरोध छ । केन्दबाट उत्पादित श्रव्य पाठहरू यस केन्द्रको facebook page: www.facebook.com/radiodistance मा आफ्नो अनुकूलता अनुसार सुन्न समेत अनुरोध गरेको छ ।

 

 

Tag:वैकल्पिक शिक्षा
Thuprai - Books and E-books